प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागूऔषध सहित ५ जना पक्राउ ।

२०८२-०१-०४

  • A
  • A-
  • A+
Share

मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध, ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ०४ गते विराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ सुन्दरहरैचा-७ का २२ वर्षीय जिबस तामाङ र ३८ वर्षीय भिम कुमार तामाङको साथबाट ब्राउन सुगर ६ ग्राम ५ मिलिग्राम  र सुनसरी इटहरी-२ का ३० बर्षीय  पासाङ शेर्पा र २५ बर्षीय  रबिन्द्र लिम्बु लाई प्रतिबन्धित औषधी -२२ एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय हरिनगर सुनसरीबाट खटिएको प्रहरी टोलिले हरिनगर-४ स्थितबाट बराहक्षेत्र-६ का २४ वर्षीय राजेश मुखियालाई २४ किलो गाँजा सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

 


सम्बन्धित समाचार
नक्कली नोट सहित १ जना पक्राउ
२०८२-०१-१७

मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेकी छन । वैशाख १६ गते विराटनगर-१३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले प्रहरीलाई खवर गरेकोमा तत्काल इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनकोकोसाथबाट  ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ ३ हजार १ सय सहित नियन्त्रणमा लिएको हो । नक्कली नोट सहित पक्राउ परेकी उनको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८२-०१-१७

मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १६ गते बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो  बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा पथरीशनिश्चरे-१ का २७ वर्षीय प्रदिप बस्नेतलाई ४ ग्राम १८ मिलिग्राम र २९ वर्षीय गोपाल भारतीलाई १ ग्राम १३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय कुमरखोदवाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी-८ का २४ वर्षीय  गोबिन्दहाङ लिम्बु र ३९ वर्षीय कैलाश रणपहेलीलाई ३ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर  सहित पक्राउ गरेको छ । सोही दिन प्रहरी चौकी गोलधापले चेकजाँचको क्रममा झापा हल्दीवारी गाउँपालिका-१ का २१ वर्षीय सबिन चौधरी र २१ वर्षीय रोहन चौधरीलाई प्रतिबन्धित औषधी TRAMADOL-२० ट्याव्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय बुधबारेले चेकजाँचको क्रममा मेचीनगर-१२ का २४ वर्षीय प्रितम मेचेलाई १ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागु औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध गाँजा सहित सिटी सफारी र चालक पक्राउ
२०८२-०१-१७

सुनसरीको हरिनगर गाउँपालिका-३ स्थितबाट लागूऔषध गाँजा ओसर पसारमा संलग्न सिटी सफारी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले हरीनगर-३ गौतमपुर स्थितमा  प्रदेश १-०२-००४ ह १६४३ नम्वरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्ने  क्रममा ४१ किलोग्राम गाँजा फेला पारेको हो । उक्त गाँजा बरामद भए संगै सिटी र चालक इनरुवा नगरपालिका-७ का ३० बर्षीय अमिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट  थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ७ जना पक्राउ ।
२०८२-०१-१६

झापा र  मोरङको विभिन्न स्थानबाट  प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित प्रहरीले ७ जनलाई पक्राउ गरेको छ । वैशाख १५ गते दिउँसो  बिराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर इलाका प्रहरी रानीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिराटनगर-१२ का  ४७ वर्षीय अनिश क्षेत्रीलाई ब्राउन सुगर १० ग्राम ५० मिलिग्राम, इटहरी उप-.महानगरपालिका-५ का ३४ वर्षीय  दिपेन्द्र राईलाई ५ ग्राम ४७  मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सोही दिन इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ बिराटनगर-८ का २० वर्षीय बिष्णु सहनी, मोरङ जहदा-३ का १८ वर्षीय रोहन विश्वकर्मा, पथरिशनिश्चरे-८ का २५ वर्षीय  विक्रम विश्वकर्मालाई प्रतिबन्धित औषधी- ESKUF DX-७ थान बोतल, CARISPAS- ६  ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको वडा प्रहरी कार्यालय भद्रपुरले पाँचथर फिदिम नगरपालिका-२ का २२ वर्षीय मिलन परियार र  फाल्गुनन्द गाँउपालिका-३ का २४ वर्षीय सन्त बहादुर लामालाई २ ग्राम ५ सय ७० मिलिग्राम ब्राउन सुगर  र औषधी  नाईट्राजापाम-९ टयाब्लेट सहित नियन्त्रणमा लिएको छ ।

लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न ३ जना पक्राउ
२०८२-०१-१६

धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते राती विशेष सुचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-५ स्थितबाट ना.५ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ट्रक र ओसार पसारमा संलग्न रहेका चौविसे गाउँपालिका-५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  यसै गरी बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी गस्ती टोलीले बर्जु गाँउपालिका-३ स्थितबाट  प्र.१-०२-००२ च ५१२६ नम्वरको पिकअप गाडीमा ६ बोरा (१ सय ९९ किलो ३ ग्राम) गाँजा फेला पारे संगै ओसार पसारमा संलग्न चालक धनकुटा नगरपालिका-९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको छ । गाँजा बोकेको २ वटा सवारी साधन सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०१-१५

मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १४ गते मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले  प्र.१-०२ ०४० प ८६१९ नम्बरको स्कुटरमा आउदै गरेका मोरङको बेलवारी-४ का २८ वर्षीय बिपुल बिष्टलई ब्राउन सुगर ३ ग्राम ३५ मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा प्रदेश १-०१-००२ ह २३६६ नम्बरको सिटिसफारी चालक मेचीनगर नगरपालिका-६ का  ३० वर्षीय अविनाश ढकाललाई ब्राउन सुगर  १ ग्राम ३ सय ७० मिलिग्राम सहित पक्राउ गरेको छ । लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।