प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध ब्राउन सुगर र गाँजा सहित ६ जना पक्राउ

२०८२-०१-०३

  • A
  • A-
  • A+
Share

मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०२ गते बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१७ का ४० बर्षीय  राज श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरी बराहक्षेत्र नगरपालिका-७ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गे सुनसरीबाट खटिएको प्रहरी टोलिले स्थानिय  ३० बर्षीय बिकास भण्डारी र २३ बर्षीय सुसिल शेर्पालेलाई १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरी धरान उप-महानगरपालिका-१३ स्थितमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलिले भेडेटार बाट धरान तर्फ आउदै गरेको को २ ह ४७३९ नम्बरको अटो चेकजाँचको क्रममा अटो चालक धरान-४ का ४८ बर्षीय जोक बाहादुर राई, उनको छोरा ३० बर्षीय सुमन राई र सोहि अटोमा सवार धनकुटा साँगुरीगढी-३  का ३६ बर्षीय सुरज लिम्बुलाई १९ किलो लागू औषध गाजा सहित नियन्त्रणमा लिएको छ ।


सम्बन्धित समाचार
लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०१-१५

मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १४ गते मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले  प्र.१-०२ ०४० प ८६१९ नम्बरको स्कुटरमा आउदै गरेका मोरङको बेलवारी-४ का २८ वर्षीय बिपुल बिष्टलई ब्राउन सुगर ३ ग्राम ३५ मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा प्रदेश १-०१-००२ ह २३६६ नम्बरको सिटिसफारी चालक मेचीनगर नगरपालिका-६ का  ३० वर्षीय अविनाश ढकाललाई ब्राउन सुगर  १ ग्राम ३ सय ७० मिलिग्राम सहित पक्राउ गरेको छ । लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०१-१४

नेपाल सरकार गृहमन्त्रालय  बढुवा समितिको बैशाख ४ गतेको पत्रादेशानुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदको बढुवा सुचीमा पर्नु भएका प्रहरी नायब महानिरीक्षक राजन अधिकारीलाई धन्यवाद तथा शुभकामना व्यक्त गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा बैशाख १४ गते आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल  सहित जिल्ला प्रहरी कार्यालय मोरङ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी प्रमुख सहित प्रहरी अधिकृत तथा जवानहरुले प्रहरी नायव महानिरीक्षक अधिकारीलाई व्यवसायिक एवं पारिवारिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी कार्यकालको शुभकामना सहित सम्मानपूर्वक बिदाइ गर्नु भएको थियो । धन्यवाद तथा शुभकामना कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले संगठनको लक्ष्य हासिल गर्न तथा कोशी प्रदेशमा शान्ति सुरक्षा कायम राख्न आफ्नो पदिय दायित्व सहित कुशल नेतृत्व निर्वाह गर्न आफुलाई सहयोग गर्नु हुने सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो।  

प्रतिबन्धित औषधी र लागुऔषध गाँजा सहित ६ जना पक्राउ
२०८२-०१-१४

मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १३ गते मोरङको बिराटनगर-१६ स्थितमा इलाका प्रहरी कार्यालय रानी सिमाबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१३ का ३६ वर्षीय तीर्थ राईलाई प्रतिबन्धित औषधी AVIL, DIZEPAM, LUPIZESIC र  PHENARAGAN गरी ४० एम्पुल सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङलर उर्लाबारी-७  का २३ वर्षीय अभिषेक ओलीलाई Medidole- ६५ क्याप्सुल र Anargan- ६५ ट्याबलेट सहित पक्राउ गरेको छ । त्यस्तै सुनसरीको धरान-१६ बाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाले सोही स्थानकी २३ वर्षीया सिमा राई र सन्ध्या थापालाई प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन गरी जम्मा १६० क्याप्सुल सहित पक्राउ गरेको छ भने झापाको बिर्तामोड नगरपालिका-४ का ३३ वर्षीय रवि दास र पाँचथर हिलिहाङ गाउँपालिका-१ घर भई हाल बिर्तामोड-३ स्थित डेरा गरी बस्दै आएका ३४ वर्षीय सन्तोष लिम्बुलाई ५८ ग्राम ५ मिलिग्राम गाँजा सहित  प्रहरी चौकी बिर्ताबजारले नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित १२ जना पक्राउ
२०८२-०१-१३

झापा र मोरङबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १२ गते लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट मोरङको बिराटनगर-१५ र १६ स्थित खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागुऔषध ब्राउन सुगर १६ ग्राम १३४ मिलिग्राम र लागुऔषध १८४ एम्पुल सहित बेचबिखनमा संलग्न नुवाकोट शिवपुरीका २६ बर्षीय रमेश गुरुङ, सुनसरी इटहरी-१५ का ३० बर्षीय कलाम मिया, इटहरी-१३ का ३५ बर्षीय दिपक खत्री, को. १२ प ६७९० नम्बरको मोटरसाईकल चालक बेलबारी नगरपालिका-३ का २५ बर्षीय किरण राई र मोटरसाईकल पछाडी सवार बेलबारी-११ का २२ बर्षीय रोमन राईलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको धरान -१५ बाट वडा प्रहरी कार्यालय धरानले सोहि स्थानका ३४ बर्षीय सुरेश गुरुङ, २२ बर्षीय नरेश राई, संगम राई, धरान- १९ का २३ बर्षीय अनिके राई, धरान- ८ का २५ बर्षीय सनम परियार, धनकुटा घर भई हाल धरान- १५ स्थित बस्दै आएका ४५ बर्षीय चन्द्र लिम्बु र साँगुरीगढी गाउँपालिका- ८ का ३७ बर्षीय कुल बहादुर बान्तवालाई ट्रामाडोल ५४१ क्याप्सुल, स्पासपेन ११२ चक्की, डिकोलिक ३०० चक्की र गाँजा ५०० ग्राम सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।