प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चट्याङ जोखिम न्युनिकरण तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समुद्‍घाटन

२०८२-०१-०३

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा ३ कार्य दिनको “चट्याङ जोखिम न्युनिकरण तथा उद्दार (प्र.ज. देखि जु.प्र.अ.) अनुशिक्षण तालिम प्रथम समुहको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा बैशाख ०३ गते बिहान तालिम संयोजक प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त तालिमको समुद्‍घाटन भएको हो । समुद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुदै तालिम संयोजक श्रेष्ठले प्राकृतिक प्रकोप  हावा हुरी बतासको मौसममा वा वर्षा याममा पर्ने चट्याङका कारण मानवीय र भौतिक संरचनाको ठुलो क्षेति हुन सक्ने हुँदा उद्धार कार्यमा खटिने प्रहरी कर्मचारीहरूलाई प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान, सिप सम्बन्धी तालिम उपलव्ध गराई उद्धार कार्य प्रभावकारी बनाउन तालिम प्रदान गरिएको बताउनु भयो । उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।


सम्बन्धित समाचार
धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०१-१९

कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागको पत्रादेशानुसार यस कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरवाट इलाका प्रहरी कार्यालय खजुरी धनुषा जान लाग्नु भएका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ र इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटा सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक विकाश राईलाई प्रहरी वरिष्ठ उपरीक्षक दाहाल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुले व्यवसायीक तथा व्यक्तिगत जीवनको उत्तरोतर प्रगतीको कामना गर्दै धन्यवाद तथा शुभकामना सहित विदाई गर्नु भएको थियो ।

लागूऔषध ब्राउन सुगर र गाँजा सहित ४ जना पक्राउ
२०८२-०१-१८

धनकुटा, झापा, सुनसरी र मोरङको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते  साँझ बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले चेकजाँचको क्रममा  सुनसरी धरान उप-महानगरपालिका-१५ का ३५ वर्षीय डेबिट तामाङ र धनकुटा महालक्ष्मी-४ का १९ वर्षीय बिक्रम तामाङलाई ४ ग्राम ५९ मिलिग्राम र मोरङ सुन्दरहरैचा-५ का २४ वर्षीय दुखन ऋषिदेवलाई ४ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ  गरेको छ । यसै गरी धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा प्र. १-०२-०५५ प ३९०७ नम्वरको मोटरसाईकल चालक छथरजोरपाटी गाउपालिका-५ का  २४ वर्षीय निमा शेर्पालाई २ किलो ग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका पक्राउ
२०८२-०१-१८

झापाको बाह्रदशी गाँउपालिका-५ स्थित बिक्रम बिकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका ३९ वर्षीय बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु बिक्री बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँचको क्रममा ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाईक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको हो । प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित पक्राउ परेकी उनको थप अनुसन्धान भईरहेको छ ।

धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०१-१७

कोशी प्रदेश प्रहरी कार्यालयको  सभाहलमा निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । वैशाख १७ गते दिउँसो भएको उक्त कार्यक्रममा तालुक नेपाल प्रहरी प्रधान कार्यलय मानवश्रोत विकास विभागको पत्रादेशानुसार कोशी प्रदेश प्रहरी कार्यालय गण विराटनगरबाट जिल्ला प्रहरी कार्यालय रुपन्देही सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक प्रदीप बहादुर थापालाई  प्रहरी वरिष्ठ उपरीक्षक दाहाल तथा प्रहरी वरिष्ठ उपरिक्षक गोबिन्द अधिकारी सहितका प्रहरी अधिकृतहरुले व्यवसायीक तथा व्यक्तिगत जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दै धन्यवाद तथा शुभकामना सहित विदाई गर्नु भएको छ ।

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८२-०१-१७

मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १६ गते बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो  बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा पथरीशनिश्चरे-१ का २७ वर्षीय प्रदिप बस्नेतलाई ४ ग्राम १८ मिलिग्राम र २९ वर्षीय गोपाल भारतीलाई १ ग्राम १३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय कुमरखोदवाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी-८ का २४ वर्षीय  गोबिन्दहाङ लिम्बु र ३९ वर्षीय कैलाश रणपहेलीलाई ३ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर  सहित पक्राउ गरेको छ । सोही दिन प्रहरी चौकी गोलधापले चेकजाँचको क्रममा झापा हल्दीवारी गाउँपालिका-१ का २१ वर्षीय सबिन चौधरी र २१ वर्षीय रोहन चौधरीलाई प्रतिबन्धित औषधी TRAMADOL-२० ट्याव्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय बुधबारेले चेकजाँचको क्रममा मेचीनगर-१२ का २४ वर्षीय प्रितम मेचेलाई १ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागु औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध गाँजा सहित सिटी सफारी र चालक पक्राउ
२०८२-०१-१७

सुनसरीको हरिनगर गाउँपालिका-३ स्थितबाट लागूऔषध गाँजा ओसर पसारमा संलग्न सिटी सफारी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले हरीनगर-३ गौतमपुर स्थितमा  प्रदेश १-०२-००४ ह १६४३ नम्वरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्ने  क्रममा ४१ किलोग्राम गाँजा फेला पारेको हो । उक्त गाँजा बरामद भए संगै सिटी र चालक इनरुवा नगरपालिका-७ का ३० बर्षीय अमिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट  थप अनुसन्धान भईरहेको छ ।