झापा र इलाममा करेन्ट लागेर २ जनाको मृत्यू भएको छ । चैत्र ३० गते झापाको कनकाई नगरपालिका-१ का ६६ बर्षीय तारा बहादुर बिश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागी लैजाने क्रममा बाटोमानै मृत्यु भएको थियो ।
यसै गरी इलामको माई नगरपालिका-८ का ४६ बर्षीय मदन कुमार राई घरमा कोही नभएको अवस्थामा मोवायल फोन चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत अवस्थामा फेला परेका थिए । घटना
सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरीहेको छ ।