जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमण
२०८१-१२-१४
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमण गर्नु भएको छ । वँहाले चैत्र १४ गते निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, मेस, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन र नागरिकमा प्रहरी सेवाको पहुँच पुर्याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
वहाँले पर्यटकिय क्षेत्र, धार्मिक स्थल भएको पहाडी जिल्ला इलाममा अपराधिक गतिबिधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न अहोरात्र प्रहरी परिचालन गरी कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा चेतनाको कमीको कारण हुने घटना दुर्घटना नियन्त्रण गर्न विभिन्न जनचेतनामुलक कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन निर्देशन दिनुभएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय इलामका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईराला सहित लामो समय सम्म बिभिन्न इकाईहरुमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोईरालाले जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।