प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागी नियन्त्रण तथा उद्दार अनुशिक्षण प्रथम समुहको समुद्‍घाटन

२०८१-१२-१३

  • A
  • A-
  • A+
Share

 कोशी प्रदेश कार्यालय विराटनगरको तत्वावधानमा ७ कार्य दिनको “आगोलागी नियन्त्रण तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समुद्‍घाटन भएको छ । उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई विपद व्यवस्थापन अन्तर्गत अग्नि नियन्त्रण सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराई आगलागीको घटनामा मानविय तथा भौतिक क्षेति न्यूनिकरणको लागि आवश्यक श्रोत साधन सहित परिचालन गरिने छ ।

चैत्र १३ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा उद्‍घाटन भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन सम्वोधनको क्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुवास भट्टाराईले मानव जीवनकै कठोरतम विपत्ती रहेको आगलागीको घटनाले मानवीय र भौतिक संरचनाको ठुलो क्षेति हुन सक्ने भएको र यसको उद्धार कार्य पनि निकै कष्टकर हुने हुँदा उद्धार कार्यमा खटिने प्रहरी कर्मचारीहरूलाई प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान, सिप तथा कौशल सम्बन्धी तालिम उपलव्ध गराई उद्धार कार्य प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरुलाई तालिम प्रदान गरिएको बताउनु भयो । उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ५० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।


सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-११-०४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. लाई माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक मदन के.सी. ले  ओखलढुंगाको चिशंखुगढी गाउपालिका-६ भदौरे बोहोरेका ७४ बर्षीय चन्द्र बिक्रम राई र ८० बर्षीया चन्द्र माया राईलाई २०८२ साल माघ १३ गते अज्ञात व्यक्तिहरुले कोदालो प्रहार गरी बिभत्स हत्या गरी सुनको गरगहना र नगद समेत लुटी फरार भएको घटनाको अनुसन्धानको क्रममा  घटनामा संलग्न २ जनालाई काठमाण्डौ महानगरपालिका-१५ स्थितबाट लुटेको सामान सहित माघ २३ गते पक्राउ गरेको, यसै गरी २०६७ साल असार २४ गते ओखलढुंगाको भदौरे गा.वि.स.-२ का ४३ बर्षीय छविलाल कार्कीलाई कर्तब्य गरी मारी फरार रहेका प्रतिवादीलाई २०८२ साल  माघ १७ गते (१५ बर्ष पछि) पक्राउ गरेको साथै २०८२ साल मंसिर २८ गते ओखलढुंगा खिजिदेम्वा गाउँपालिका-९ स्थितमा एक महिलालाई जवरजस्ती करणी गरी फरार रहेका २७ बर्षीय प्रतिवादीलाई २०८२ साल माघ ४ गते पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट वहन गरेको हुँदा निज प्रहरी नायव उपरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।