ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु ।
२०८१-१२-०९
- A
- A-
- A+
सुनसरी दुहबी नगरपालिका-७ फर्साइ छिटाहा भित्री सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी-७ की ६० बर्षीया देउ कुमारी खाँ रहेकी छिन् । चैत्र ०८ गते दिउसो दुहबी नगरपालिका-७ फर्साइ छिटाहा भित्री सडक खण्डमा प्र.१-०२-००३ त ३३११ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टि दुर्घटना हुँदा ट्रयाक्टरमा सवार देउ कुमारी खाँ घाइते भई तत्काल उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यू भएको हो । दुर्घटनामा संलग्न ट्रयाक्टर चालक दुहबी-७ का ५५ बर्षीय शिवनाथ खाँ थारुलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।