प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागूऔषध सहित १० जना पक्राउ ।

२०८१-१२-०८

  • A
  • A-
  • A+
Share

मोरङ, झापा, सुनसरी र धनकुटाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ । चैत्र ०७ गते प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलिले झापा मेचीनगर नगरपालिका-१२ का २७ बर्षीय संजय ठटालको घरबाट ठटाल सहित अर्जुनधारा नगरपालिका-१० का २८ बर्षीय साईमन लिम्बु र १८ बर्षीय आशिस बिश्वकर्मालाई २ ग्राम २५० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापा भद्रपुर नगरपालिका-३ स्थितबाट प्रहरी चौकी महेशपुरको गस्ति टोलिले  झापा कन्काई नगरपालिका-५ का २१ बर्षीय सुन्दर सिवालाई १९ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको उर्लाबारी नगरपालिका-३ स्थितबाट इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलिले उर्लाबारी-६ का २० बर्षीय ईन्द्र मगर र ३० बर्षीय भबिन्द्र दर्जीलाई ट्रामाडोल-१९४, स्पास्पेन- १९४ ट्याब्लेट सहित पक्राउ गरेको छ भने मोरङ रतुवामाइ नगरपालिका-१ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका उर्लाबारी-३ का २१ बर्षीय उज्वल थापालाई लागुऔषध ब्राउनसुगर ७ सय ६० मिलीग्राम र NITRAZEPAM-४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।


यसका साथै धनकुटा शहिदभुमी गाँउपालिका-१ स्थितबाट प्रहरी चौकि त्रिवेणि धनकुटाको प्रहरी टोलिले स्थानीय ३१ बर्षीय हरिन्द्र राई, ४१ बर्षीय टिकाराम राई र ३२ बर्षीय  नगेन्द्र राईलाई ब्राउनसुगर १ सय ५० मिलिग्राम सहित पक्राउ गरेको हो भने चैत्र ७ गते राती सुनसरीको इनरुवा नगरपालिका-९ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलिले वेवारिसे अवस्थामा रहेको लागू औषध गाँजा ५१ किलो ४ सय ८४ ग्राम गाँजा फेला पारेको हो ।

 

 

 

 

 


सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-११-०४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. लाई माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक मदन के.सी. ले  ओखलढुंगाको चिशंखुगढी गाउपालिका-६ भदौरे बोहोरेका ७४ बर्षीय चन्द्र बिक्रम राई र ८० बर्षीया चन्द्र माया राईलाई २०८२ साल माघ १३ गते अज्ञात व्यक्तिहरुले कोदालो प्रहार गरी बिभत्स हत्या गरी सुनको गरगहना र नगद समेत लुटी फरार भएको घटनाको अनुसन्धानको क्रममा  घटनामा संलग्न २ जनालाई काठमाण्डौ महानगरपालिका-१५ स्थितबाट लुटेको सामान सहित माघ २३ गते पक्राउ गरेको, यसै गरी २०६७ साल असार २४ गते ओखलढुंगाको भदौरे गा.वि.स.-२ का ४३ बर्षीय छविलाल कार्कीलाई कर्तब्य गरी मारी फरार रहेका प्रतिवादीलाई २०८२ साल  माघ १७ गते (१५ बर्ष पछि) पक्राउ गरेको साथै २०८२ साल मंसिर २८ गते ओखलढुंगा खिजिदेम्वा गाउँपालिका-९ स्थितमा एक महिलालाई जवरजस्ती करणी गरी फरार रहेका २७ बर्षीय प्रतिवादीलाई २०८२ साल माघ ४ गते पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट वहन गरेको हुँदा निज प्रहरी नायव उपरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।