कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरान, सुनसरीमा कार्यरत प्रहरी हवल्दार हेमराज सुवेदीलाई फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी हवल्दार हेमराज सुवेदीले फागुन २२ गते धरान उप-महानगरपालिका-२० स्थित जंगलमा चेक जाँचको क्रममा भारी
बेकेका भरियाहरु संकास्पद अववस्थामा आउदै गरेको देखी रोक्न खोज्दा भरियाहरु भारी छोडी जंगल तर्फ भाग्ने क्रममा ३ राउण्ड हवाई फायर गरी २२५ किलोग्राम लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको साथै धरानको बिभिन्न स्थानबाट लागू औषध सहित मानिसहरु पक्राउ गर्न सफल भएको, यसै गरी फरार अभियुक्त पक्राउ गर्नुका साथै शान्ति सुरक्षा तथा सु-व्यवस्था कायम गर्न अहम भूमिका निर्वाह गरेको हुँदा निज प्रहरी हवल्दारबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको हो ।