झापा र धनकुटाको विभिन्न
स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र
०५ गते झापा मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट
खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी गाउँपालिका-६ का २४ बर्षीय अबिन्द्र
लिम्बु लाई १ ग्राम ४६० मिलिग्राम लागू औषध खैरो हिरोईन सहित पक्राउ गरेको छ । त्यसैगरी
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलिले लागु औषधको कारोबार
भईरहेको भन्ने बिशेष सुचनाको आधारमा धनकुटा नगरपालिका-७ जिरोप्वाईन्ट स्थितबाट २१ बर्षीय
रविन राई र १८ बर्षीय रोशन मल्लिक लाई प्रतिबन्धित औषधी ट्रामोल-२ सय ५ क्याप्सुल,
स्पास्मो-१ सय २५ चक्की र डिकोलिक-५९ चक्कि सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित
लागू औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहको छ