प्रतिबन्धित लागूऔषध सहित १० जना पक्राउ ।
२०८१-१२-०५
- A
- A-
- A+
मोरङ, सुनसरी र झापाका विभिन्न स्थानहरुबाट प्रतिवन्धित लागूऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१५ स्थितबाट चैत्र ०४ गते लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ सुन्दर हरैचा-६ का २४ बर्षीय निश्चल तामाङ र २३ बर्षीय गोबिन्द नेपालीको साथबाट खैरो हिरोईन १ ग्राम ३१ मिलिग्राम, बेलबारी-३ का २९ बर्षीय ऐलिन भुजेललाई ३ ग्राम ५२ मिलिग्राम ब्राउन सुगर, सुनसरी इटहरी उप-महानगरपालिका-३ का ३८ बर्षीय कर्ण बहादुर राईलाई निषेधित औषधी २८ एम्पुल, बर्ष २१ को राकेश मल्लिक र सुनसरी बराहा क्षेत्र-८ का २२ बर्षीय शमिर धामीलाई नाईट्राभेट १०५ चक्की, निषेधित औषधी २८ एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी अस्थायी प्रहरी पोष्ट टाँडीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ मिक्लाजुङ गाउँपालिका-३ का ४६ बर्षीय कर्ण बहादुर श्रेष्ठलाई ८५ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय धरानले धरान-११ का ३६ बर्षीय बिनोद राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल-२१० क्याप्सुल, स्पासपेन- २१०चक्की सहति पक्राउ गरेको छ । झापा मेचीनगर नगरपालिका-६ स्थितमा लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिलेचेकजाँचको क्रममा झापा गौरादह-९ का ३६ बर्षीय दिलिप कुमार गिरी र २५ बर्षीय सुरज राईलाई १ ग्राम ८४० मिलिग्रमा ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।