प्रतिबन्धित लागू औषधी सहित २ जना ।
२०८१-१२-०२
- A
- A-
- A+
सुनसरी र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०१ गते सुनसरी धरान उप-महानगरपालिका-१४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-४ का ४५ बर्षीय संजिव थापालाई लागू औषधी ट्रामाडोल-१२५ ट्याब्लेट र स्पास्पेन-१२५ चक्कि सहित पक्राउ गरेको छ । त्यसैगरी झापा दमक नगरपालिका-४ स्थितमा अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटीएको प्रहरी टोलिले झापा दमक -९ का ३५ बर्षीय शिव कुमार सोरेनलाई स्पाईसपेन -२० क्यापसुल लागू औषधी सहित पक्राउ गरेको छ ।