मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८१-११-२६
- A
- A-
- A+
उदयपुरको त्रियुगा नगरपालिका-८ स्थितमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । फागुन २५ गते दिउँसो प्र.१-०५-००१ प ८३५९ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ६५ बर्षीया टिका माया कार्कीलाई ठक्कर दिदा घाइते भएकी कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल चालक रौतामाई गाउँपालिका-७ का २२ बर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुन्धान गरिरहेको छ ।