भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिमको समुद्घाटन ।
२०८१-११-२५
- A
- A-
- A+
कोशी प्रदेश कार्यालय विराटनगरको तत्वावधानमा ७ कार्य दिनको “भत्केको संरचनामा गरिने खोज तथा उद्दार प्र.ज. देखि प्र.नि.” अनुशिक्षण तालिम प्रथम समुहको समुद्घाटन भएको छ । फागुन २५ गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीको प्रमुख आतिथ्यतामा उक्त तालिमको समुद्घाटन भएको हो । समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि पुरीले मानव जीवनमा आईपर्ने कठोरतम् विपत्तिहरु पूर्वानुमान गर्न नसकिने कारण मानवीय तथा भौतिक संरचनाको ठुलो क्षति हुन सक्ने सम्भावना भएको र उद्धार कार्य पनि कष्टकर हुने हुँदा विभिन्न गतिविधिहरूमा सुरक्षा प्रदान गर्ने दायित्व बोकेको नेपाल प्रहरीले विपद उद्दारमा खटिने प्रहरी कर्मचारीहरूलाई खोज तथा उद्दार सम्बन्धि तालिम दिई उद्दारलाई कार्य प्रभावकारी बनाउन अनुशिक्षण तालिम दिईएको बताउनु भयो । साथै वहाँले प्रशिक्षार्थीहरूले तालिम अवधीभर अनुशासित र लगलशिल भई तालिममा सिकेका ज्ञान र शिपलाई विपदको समयमा प्रभावकारी ढंगले कार्य सम्पादन गर्न निर्दशन दिनु भयो । उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न कार्यालयहरुका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।