प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपराध अनुसन्धान समिक्षा गोष्ठी २०८१ सम्पन्न

२०८१-११-१२

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयको समन्वय एवं सहकार्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित “एक दिवसिय प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी-२०८१ सम्पन्न भएको छ । नेपाल प्रहरीको बार्षिक कार्ययोजना अनुसार फागुन १२ गते भएको समिक्षा गोष्ठीको प्रमुख अतिथि कोशी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिकरुपमा समुद्‌घाटन गर्नु भएको थियो ।


अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरी सुधारका क्षेत्रहरूको पहिचान गर्नुका साथै नविन विचारहरूको अवलम्बन गरी अनुसन्धानमा देखिने कानूनी तथा अन्य समस्याको समाधानका उपायहरू अवलम्बन गर्ने, साईवर कसुर अनुसन्धान सम्बन्धी नविन कानूनको अवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरूपता कायम गर्न, अनुसन्धानको प्रभावकारीता अभिवृद्धिका लागी अनुसन्धानकर्ताहरू बिच समन्वयको विकास र अपराध अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरू सम्बोधन गर्नको लागि साझा धारणा विकास गर्ने,  विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयहरुको अनुसन्धानमा खटिने प्रहरी कर्मचारीहरुविच निरन्तर अन्तर्क्रिया, छलफल र समन्वय भएमा अपराध अनुसन्धान कार्यमा सहजता आउने र उत्पन्न समस्याहरु समाधान गर्न सहज बनाउने उद्देश्यका साथ प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठीको आयोजना गरिएको हो ।


कार्यक्रममा प्रमुख अतिथि माननीय आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीज्यूले समाजमा शान्ति सुरक्षा स्थापना गर्न तथा अपराध अनुसन्धान गर्ने कार्यमा नेपाल प्रहरी सवल एवं सक्षम रहेको वताउनु हुँदै नेपाल प्रहरीलाई आगामी दिनमा श्रोत साधन सम्पन्न बनाई अपराध अनुसन्धान कार्यमा थप शसक्त वनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । साथै वहाँले यस अपराध अनुसन्धान गोष्ठीले प्रहरीले गर्ने अपराध अनुसन्धानलाई सफल बनाउन कोशेढुंगा सावित हुने बताउदै गोष्ठीको पूर्ण सफलताको कामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले नेपाल प्रहरी स्थापना काल देखिनै समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रण गर्ने कार्यमा नेपालको कानून बमोजिम निष्पक्षरुपमा अनुसन्धान गर्दै आईरहेको र समाजमा शान्ति सुरक्षा कायम राख्न सवैको सहकार्य आवश्यक रहेको बताउदै अपराध अनुसन्धानको क्रममा देखिएका समस्यालाई उजागर गर्न र अपराध अनुसन्धान गर्ने तल्लो इकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिई समस्या समाधान गर्न  गोष्ठीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।


 साथै वहाँले अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको सन्दर्भमा अव प्रहरीले गर्ने अनुसन्धानलाई प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी कानुनी परिधि भित्र रही वैज्ञानिकप्रमाणमुखी र पीडित मैत्री अनुसन्धान गर्न तथा प्रहरीले गर्ने अनुसन्धानलाई सफल बनाउन अनुसन्धान अधिकारीले प्रभावकारी भुमिका निर्वाह गर्न, आफ्नो जिम्मेवारीलाई पहिलो प्राथमिकताका साथ कार्यान्वयन गर्न, घटना स्थलको सुरक्षामा आम नागरिकको भुमिकाको वारेमा नागरिकहरुमा सचेतना अभिबृद्धि गर्न गोष्ठीमा उपस्थित जिल्ला प्रहरी प्रमुख लगायत अनुसन्धान अधिकृतहरुलाई निर्देशन दिनु भएको थियो ।

गोष्ठीमा कार्यक्रमका विशिष्ट अतिथि मोरङ जिल्ला अदालतका माननीय न्यायाधीश श्रीमान् सीता शर्मा अधिकारीले प्रहरीले गर्ने अनुसन्धानले नै न्याय सम्पादन हुने हुँदा अनुसन्धानलाई पारदर्शी, स्वच्छ र तथ्यपरक बनाउन प्रहरीले निष्पक्ष र प्रभावकारी भुमिका निर्वाह गर्नु पर्ने वताउँदै  शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो भने, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले प्रहरीले गर्ने अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन भर्ना छनौट प्रकृया देखिनै बैज्ञानिक पद्दति अनुसार दक्ष प्रहरी जनशक्ति उत्पादन गरी प्रविधिको उच्चतम प्रयोग गरी अपराध अनुसन्धान गर्न आवश्यक रहेको बताउदै गोष्ठीमा भएका महत्वपूर्ण बिषयहरु र विभागिय प्रमुखबाट भएका निर्देशनलाई हृदयगम गरी कार्यान्वयन गरिने प्रतिबद्दता व्यक्त गर्नुका साथै कार्यक्रमका प्रमुख अतिथि लगायत सम्पूर्णमा शुभकामना सहितको धन्यवाद मन्तव्य  राख्नु भएको थियो ।


नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पगेनीले कार्यक्रमको औचित्य सहितको स्वागत मन्तव्य व्यक्त गर्नुका साथै  सम्पत्ति शुद्धीकरण अपराध संग सम्बन्धित कानूनी व्यवस्था, अपराध अनुसन्धान सम्बन्धी प्रकृया र अनुसन्धानमा देखिएका चुनौतीहरुको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले समग्र प्रदेशको अपराधको अवस्था, अपराध अनुसन्धानमा प्रदेश प्रहरी कार्यालयको भुमिका र तालुक कार्यालयसँगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । यसै गरी नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले अपराध अनुसन्धानको वर्तमान अवस्था र भावि कार्ययोजनाहरुका विषयमा र  जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता नवराज पराजुलीले अपराध अनुसन्धानको क्रममा हुने त्रुटीहरु, नविनतम् कानूनी प्रावधानहरुको प्रयोग र सुधारका क्षेत्रहरूका बारेमा आफ्नो भनाई राख्नु भएको थियो ।


यसै गरी नेपाल प्रदेश प्रहरी कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले अपराध विश्लेषण, अनुगमनबाट देखिएका विषयहरू र सुझावहरुको वारेमा तथा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले आ-आफ्नो जिल्लाको समग्र बस्तुस्थिति, अनुसन्धानमा गरिएका नविन प्रयोगहरु तथा अनुसन्धानमा देखिएका समस्या र चुनौतीका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।  उक्त अपराध अनुसन्धान समिक्षा गोष्ठीमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले सहित प्रहरी अधिकृतहरु तथा कोशी प्रदेश अन्तरगत रहेका मुद्दा चल्ने इलाका प्रहरी कार्यालयहरुका प्रमुख र जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने इलाका प्रहरी कार्यालयहरुका अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो भने कार्यक्रमको पहिलो चरणमा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।