प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित १४ जना पक्राउ

२०८१-०९-२२

  • A
  • A-
  • A+
Share

झापा, सुनसरी, उदयपुर र धनकुटाबाट लागुऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २१ गते सुनसरीको वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-७ स्थितबाट उदयपुर त्रियुगा-१२ का १८ बर्षीय मुकेश गुप्ता, २२ बर्षीय दिपसन राई, १८ बर्षीय पुजन यादव, धरान-१९ का २१ बर्षीय रोहित कार्की र १९ बर्षीय अनुराग राईलाई ६ सय ट्याब्लेट प्रतिबन्धित औषधी स्पासपेन र ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानले धरान-१३ का ४२ बर्षीय कुमार राईलाई  स्पास्मो १५६ क्याप्सुल र Eskuf Cough Syrup २ बोतल सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका-११ का  २० बर्षीय अभिषेक कार्की, त्रियुगा-१२ का १९ बर्षीय रिजन राई र त्रियुगा-१० का २३ बर्षीय नरहरि खड्कालाई ३२ ट्याब्लेट ट्रामाडोल र स्पास्मो सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ  भने दमक नगरपालिका -८ झापाका २२ बर्षीय नरेश खड्कालाई स्पास्पेन २९० ट्याब्लेट र ट्रामानिल २९० क्याप्सुल सहित इलाका प्रहरी कार्यालय दमकले र  २१० मिलिग्राम ब्राउन सुगर सहित तेह्रथुम लालिगुराँसका ३२ बर्षीय विकाश श्रेष्ठ र २६ बर्षीय राजिव सम्बहाम्फे प्रहरी चौकी सिधुवा धनकुटाले र धनकुटा हिलेका २५ बर्षीय केवल तामाङ र २८ बर्षीय सुजन तामाङलाई ८० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी धनकुटा हिलेले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार
लागू औषध गाँजा र ब्रउन सुगर सहित ३ जना पक्राउ
२०८१-१२-१९

 झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दा स्थितमा इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत दार्जिलिङ नक्सालवाडीका २० बर्षीय बिकाश बैठा र झापा दमक नगरपालिका-१ का ३६ बर्षीय नगेन्द्र बस्नेतलाई ब्रउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी उदयपुर कटारी नगरपालिका-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा प्रदेश २-०१-००१ ह ११२६ नम्बरको अटोलाई चेकजाँचको क्रममा  ३५ किलो ८ सय ५० ग्राम गाँजा  बरामद गरेकोले गाँजा सहित चालक उदयपुर कटारी-५ का  प्रेम बहादुर श्रेष्ठ लाई नियन्त्रणमा लिएको छ लागू औषध गाँजा र ब्रउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण दोस्रो समुहको समापन कार्यक्रम
२०८१-१२-१९

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training)  दोस्रो समुहको समापन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । चैत्र १९ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको समापन तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधनको क्रममा वहाँले लागूऔषध दुर्व्यसन विरुद्धको अभियान (FAN) लाई व्यवस्थित तथा प्रभावकारी बनाउन तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यका साथ  FAN DESK मा रहने प्रहरी कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिईएको बताउनु भयो ।  वहाँले बिशेष गरी जोखिममा परेका किशोर अवस्थाका युवाहरुलाई दुर्व्यसन विरुद्दको अभियानको लागी प्रशिक्षण प्रदान गरी योद्धा बनाई उनिहरुको अगुवाईमा सशक्तरुपमा दुर्व्यसन विरुद्ध कार्यक्रमहरु संचालन गर्न प्रशिक्षक प्रशिक्षार्थीहरुलाई हृदय देखि नै अनुरोध गर्नु भयो  ।  वहाँले प्रशिक्षक प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै FAN कार्यक्रमहरुमा वितरण गर्नको लागी FAN लोगो अंकित टि-सर्ट जिल्ला प्रहरी कार्यालय धनकुटा र इलामबाट प्रशिक्षक प्रशिक्षणको लागी आउनु भएका प्रहरी अधिकृतहरुलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री लगायत सिनियर प्रहरी अधिकृतका साथै आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशबाट प्रतिनिधिकोरुपमा पाल्नु भएका अधिकृत प्रेम आचार्य र FAN अभियान सुनसरीका शम्भु अधिकारी समेतको उपस्थिति रहेको थियो  ।  

सवरी दुर्घटनाबाट १ जनाको मृत्यु
२०८१-१२-१९

सुनसरी ईनरुवा नगरपालिका-६ स्थित पुर्व पश्चिम लोकमार्गमा सवरी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । चैत्र १८ गते ना. ६ ख २९३१ नम्बरको बसले को. २५ प ३३७८ नम्बरको मोटरसाइकलाई ठक्कर दिई दुर्घटना हुँदा  मोटरसाईकल चालक हरिनगर गाँउपालिका-३ का ४६  महेश कुमार मेहता र पछाडि सावर सुनसरी देवानगंज-२ का ५७ बर्षीय गुगली मेहता घाईते भई तत्काल उपचारको लागी  जिल्ला अस्पताल सुनसरी पुर्‍याईएकोमा उपचारको क्रममा महेश कुमार मेहताको मृत्यु भएको हो ।दुर्घटनामा संलग्न सवारी र चालक सिराहा लाहान- ३४ बर्षीय  सुर्य नारायण चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरीरहेको छ । 

दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिमको उद्‍घाटन
२०८१-१२-१९

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training) दोस्रो समुहको उद्‍घाटन भएको छ । चैत्र १९ गते दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिमको उद्‍घाटन कार्यक्रमका प्रमुख अतिथि एवं तालिम संयोजक दुर्गा प्रसाद दाहालले लागूऔषध दुर्व्यसन मुक्त समाजको निर्माण आजको आवश्यकता रहेको बताउदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश भरी संचालनमा ल्याएको लागूऔषध दुर्व्यवसन बिरुद्ध अभियान FAN (Fight Against Narcotic) कार्यक्रमलाई प्रभावकारीरुपमा विद्यालय तथा समुदाय स्तरमा संचालन गरी दुर्व्यसन विरुद्ध सचेतनामा अभिवृद्धी गराई परिवार, समुदाय हुदै सिंगो राष्ट्रलाई दुर्ब्यसन मुक्त राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको बताउनु भयो । उक्त तालिममा कोशी प्रदेशका मातहत कार्यालयहरुमा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी जवान दर्जा सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।  

प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ
२०८१-१२-१८

झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र १७ गते प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका-११ नँया बसपार्क स्थितबाट अस्थायी प्रहरी पोष्ट नँया बसपार्कको प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गाउँपालिका-२ की १९ बर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट कमल गाउँपालिका-४ का ३८ बर्षीय संयोग बस्नेत र दमक नगरपालिका-८ का ३४ बर्षिय अंकित कार्कीलाई ९ ग्राम ७ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ठ विजयपुरबाट खटिएको प्रहरीको टोलीले धरान उप-महानगरपालिका-१४ की १८ बर्षीया आकृती परियारलाई निजकै घरको कोठाबाट लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल, प्रतिबन्धित औषधी स्पास्पेन ११७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको ईनरुवा नगरपालिका-९ का ३६ बर्षीय जितेन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय लौकही सुनसरीले नियन्त्रणमा लिएको हो । यसका साथै लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले मोरङ केराबारी गाउँपालिका-६ का ३५ बर्षीय युवराज कटुवाललाई बिराटनगर महानगरपालिका-१६ स्थितबाट ३ ग्राम २५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी कोठुबाट खटिएको संयुक्त प्रहरी टोलीले बेलका नगरपालिका-८ आराङ्गा स्थित भित्रि सडक खण्डमा जेब्रा झोलामा बेबारीसे अवस्थामा राखिएको १५ किलो लागुऔषध गाँजा फेलापारी बरामद गरको थियो ।