प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको अनावरण

२०८१-०९-०२

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश सरकारको सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा विभिन्न भाषामा (लिम्वु, मैथिली, राई र थारु) निर्माण गरिएको लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको कोशी प्रदेशका मा. मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा अनावरण भएको छ ।

पौष २ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कार्कीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुक साथै लिम्वु, मैथिली, राई र थारु भाषामा  निर्माण गरिएको लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य समाग्रीको अनावरण समेत गर्नु भएको हो ।

श्रव्यदृश्य समाग्रीको अनावरण कार्यक्रम पश्चात कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि कार्कीले हालको वर्तमान अवस्थामा बढ्दै गईरहेको लागुऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रणको लागि कोशी प्रदेश प्रहरी कार्यालयले विभिन्न भाषामा निर्माण गरेको सचेतना मुलक श्रव्यदृष्य सामग्रीले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास दिलाउदै यस भिडियोलाई जनमानसमा पुर्‍याई प्रत्येक आमाहरुसंग समन्वय र सहकार्य गरी समाजमा लागुऔषध दुर्व्यसन नियन्त्रणको लागि सचेतना फैलाउन सम्पुर्णमा आग्रह गर्नु भएको छ । साथै वहाँले बढ्दो लागुऔषध दुर्व्यवसनलाई नियन्त्रण गर्न यो भिडियो कोषेढुंगा सावित हुने बताउँदै भिडियो निर्माण गर्ने कोशी प्रदेश प्रहरी कार्यालय लगायत सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

यसैगरी कार्यक्रममा बोल्नुहुदै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले लागुऔषध दुर्ब्यसनीहरुलाई नियन्त्रण तथा निरुत्साहित गर्ने उद्देश्यले बिभिन्न भाषाहरुमा तयार पारिएको लागुऔषध सम्बन्धी श्रब्यदृश्य सामाग्रीले अभिभावकहरु प्रती एक प्रकारको सकारात्मक छाप छोड्ने र आफ्नो छोरा छोरी लागुऔषध दुर्व्यसनीमा फसेको वा नफसेको लक्षणहरु थाहा पाउन सजिलो हुने हुँदा उक्त श्रब्यदृश्य सामाग्री निर्माण गरिएको बताउनु भयो । साथै वाँहाले उक्त भिडियो सबै तहमा पुर्याउन सामाजिक संजालको महत्वपुर्ण भुमिका रहने हुँदा उपस्थित संचारकर्मी र प्रहरी कर्मचारीहरुसंग सहयोगको लागि बिनम्र अनुरोध गर्नु हुदै उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री मा. रेवती रमण भण्डारी, सामाजिक विकास मन्त्री मा. पाँचकर्ण राईले समेत आ-आफ्नो मन्तव्य राख्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णमा स्वागत मन्तव्य राख्नु भएको थियो ।

 उक्त कार्यक्रममा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका मा. राज्य मन्त्री सिर्जना राई,  सामाजिक विकाश मन्त्रालयका नि.प्रदेश सचिव दामोदर फुयल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका नि. प्रदेश सचिव कमल थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले सहित प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जना पक्राउ
२०८२-१२-१८

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट चैत १७ लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जनालाई पक्राउ गरीएको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट प्र.१-०१-०१२ प ४७१५ नम्बरको स्कुटर चालक मेचीनगर नगरपालिका-१२ का संतोष लिम्बु पछाडी सवार ओम नरायण मंडल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित र  मे ४ प ८२७४ नम्बरको मोटरसाईकल चालक भद्रपुर-९ का रेसल खड्का पछाडी सवार संदिप राजबशी र प्रबिण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय अनारमनीले दमक नगरपालिका-८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानीले सुनसरीको धरान उप-महानगरपालिका-११ का बिनायक सुवेदीलाई २४ एम्पुल प्रतिबन्धित औषधी सहित मोरङको-१५ स्थितबाट नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुर चौदण्डी-४ का पर्वत राईलाई ३० ट्यब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ  परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।                

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-१६

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका-६ का अनिस तामाङ, राघब राई, सुन्दरहरैचा-८ का सचिन घिमिरे र बिवेक श्रेष्ठलाई ६ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी झापाको इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका-२ का धिरन राई, गौरादह- ७ का निरोज बर्देवा र रुपेश दर्जीलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, प्रतिवन्धित औषधी १२ चक्की सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको अस्थायी प्रहरी पोष्ट हसन्दहले उर्लाबारी नगरपालिका-१ का विश्वास तामाङ र कञ्चनपुर बेलौरी नगरपालिका-९ का सागर चौधरीलाई नाईट्राजेपाम ९४ क्याप्सुल, ९० चक्की ट्रामाडोल र ५० चक्की स्पास्पेन सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८२-१२-१५

झापा र मोरङको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । झापाको वर्डा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-४ डाँगीबारी स्थितबाट अर्जुनधारा नगरपालिका-११का शिब गिरी र संदिप उप्रेतिको साथबाट ८ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने मोरङको कानेपोखरी गाउँपालिका-६ स्थितबाट स्थानिय दिप्लुङ राई, भिजन राई  र कुमार लिम्बुलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका पाचैँ जनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ३ जना पक्राउ
२०८२-१२-१४

झापा, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-६ स्थितबाट  भारत ठाकुरगंजका ३७ वर्षिय बेचन यादवलाई २० ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र- ८ शुक्रबारे स्थितबाट B38L2962 नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा चालक देवानगन्ज-१का २३ वर्षिय राकेश कुमार यादवको साथबाट २५ किलोग्राम गाँजा फेलापारी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ । त्यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा -६ लालपत्ता चोक स्थितमा चेकजाँचको क्रममा स १ ज ५०३ नम्बरको यात्रुबाहक विङ्गरमा सवार त्रियुगा-९का चुडामणी रायाराझीको साथबाट ओपिडोल ७९० ट्याब्लेट, स्पासपेन ८९० ट्याब्लेट र  निड्राजेपाम ५४० ट्याब्लेट  प्रतिबन्धित औषधी फेला पारी नियत्रणमा लिएको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।    

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-१३

झापा र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १२ गते झापाको भद्रपुर नगरपालिका-४ र ५ को बिभिन्न स्थानहरुबाट वडा प्रहरी कार्यालय भद्रपुरले १० ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड- ७ का अजय रिऋदेब, बिर्तामोड- ३ का रस्को मुर्मु, सरोज कार्की, बिर्तामोड- ६ का मो. जाबिर आलम र भद्रपुर- ४ का दिपेश राजबंशीलाई नियन्त्रणमा लिएको हो भने अर्जुनधारा नगरपालिका- ८ का बिक्रम यादव र अजय राजवंशीलाई ४ सय मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट लागू औषध ब्युरो काँकडभिट्टाले पक्राउ गरेको हो । त्यस्तै सुनसरीको धरान- २० बाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाले प्र.१-०२-०५४ प ०९४४ नम्बरको मोटरसाईकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका- ८ का शिखर राई र मोटरसाईकल पछाडी सवार विश्व राईलाई १७ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित ३ जना पक्राउ
२०८२-१२-१२

झापा, सुनसरी र उदयपुरबाट चैत्र ११ गते लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका भद्रपुर नगरपालिका-९ का ३३ वर्षीय दिनेश कुर्मीलाई लागू औषध ब्राउन सुगर २ ग्राम ६९० मिलिग्राम सहित भद्रपुर-५ मेचीपुलबाट पक्राउ गरेको छ । यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-१६ स्थित पानीट्याङ्कीबाट अस्थाई प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३० बर्षीय रितिक थामीलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन ६१० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय कटारी उदयपुरले कटारी नगरपालिका-५ बरमझियाका ३३ बर्षीय तुल बहादुर थापालाई १० किलोग्राम गाँजा सहित उनकै घरबाट पक्राउ गरिएको छ । पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।