करेन्ट लागेर १ जनाको मृत्यु
२०८१-०८-३०
- A
- A-
- A+
इलामको सन्दकपुर गाउँपालिका-४ सायाङ्बा स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मंसिर २९ गते साँझ विद्युतको पोल माथि तार जडान गर्ने क्रममा ज्यालामा काम गर्ने स्थानीय ३० बर्षीय गोपाल राईलाई एक्कासी करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाईते भएका उनलाई उपचारकोलागी जिल्ला अस्पताल इलाम लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।