प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

२०८१-०८-२८

  • A
  • A-
  • A+
Share

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते राती इलाका प्रहरी कार्यालय देवानगंज र अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका-१ स्थितबाट स्थानीय २१ बर्षीय अजय कुमार मण्डललाई Gpp नामक प्रतिबन्धित औषधी १५ हजार ट्याबेल्ट फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले औषधी ट्रामाडोल ६९ क्याप्सुल र स्पासरेष्ट ४८ ट्याब्लेट सहित ३५ बर्षीय निपेन श्रेष्ठ र २० बर्षीय देवराज धामीलाई धरान-८ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 

 

सम्बन्धित समाचार
नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान सहित २ जना पक्राउ
२०८२-०४-२१

सुनसरीको कोशी गाँउपालिका-८ स्थितबाट नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका-१ का २५ बर्षीय राजेश चमार रजक र  हनुमान कंकालिनी गाउँपालिका-२ का २५ बर्षीय राजेश कुमार रजक रहेका छन । साउन १९ गते राती इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लु. ९२ प २३८० नम्बरको मोटरसाईकल पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान बरामद गरे संगै मोटरसाईकल चालक राजेश कुमार रजक समेतलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८२-०४-२१

  सुनसरी र झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २० गते सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८८ ग्राम ३३ मिलिग्राम ब्राउन सुगर र २ लाख ५६ हजार नेपाली रुपैँया सहित कोशीगाउँपालिका-४ का ३४ बर्षीय मनोज कुमार खत्वे र भारत अररिया बस्मतियाका ४५ बर्षीय राज कुमार खत्वेलाई नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय सुनसरीले ईनरुवा-४ बाट बराहक्षेत्र नगरपालिका-२ का २० बर्षीय रमेश बस्नेतलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा नगरपालिका-७ का  ३२ बर्षीय बिजय मगर, अर्जुनधारा- ३ का जिवन चौलागाई र अर्जुनधारा- ४ का २४ बर्षीय देवेन्द्र भन्ने अशोक चौधरीलाई ४०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बिर्तामोड नगरपालिका- ५ का २४ बर्षीय अभिनाश चौधरीलाई ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  

नेपाल प्रहरी श्रीमती संघको “४१ औं” वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम ।
२०८२-०४-२१

नेपाल प्रहरी श्रीमती संघको “४१ औं” वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । साउन २१ गते कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा सुनसरी र  नेपाल रेडक्रस सोसाईटी विराटगरको सहकार्यमा कोशी प्रदेश प्रहरी अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा प्रहरी कर्मचारीहरुद्वारा रक्तदान गरिएको थियो । उक्त कार्यक्रमको नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी प्रशासन सचिव श्रीमती निशा मेहताले पानसमा दिप प्रज्जवलन गरी समुद्‍घाटन गर्नु भएको थियो । कार्यक्रममा अस्पतालका प्रा. प्रहरी नायव उपरीक्षक डा. सरोज सिंह, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८२-०४-२०

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनुभएका प्रहरी निरीक्षक शेर बहादुर पराजुलीलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । साउन २० गते आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कार्कीले पदोन्नति हुनु भएका पराजुलीलाई बधाई तथा शुभकामना दिनु हुदै पदोन्नति सँगै प्राप्त भएका जिम्मेवारीलाई नयाँ उर्जाका साथ आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनु भएको छ  । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी गणका गण प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार, प्रहरी उपरीक्षक आ. हरी डंगोल, पदोन्नती हुनुभएका प्रहरी निरीक्षक शेर बहादुर पराजुलीका परिवारका सदस्यहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक
२०८२-०४-२०

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । साउन २० गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक ईश्वर कार्कीले विभिन्न मितिमा मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्मर चोरी भएका घटना तथा चोरीमा संलग्न व्यक्तिहरु, चोरीका समान खरिद गर्ने व्यक्तिहरु र चोरी गर्न प्रयोग भएका औजार सहितको घटना विवरण सार्वजनिकीकरण गर्नु भएको हो । जिल्लाका बिभिन्न स्थानहरुमा जडान गरिएको बिधुतिय ट्रान्सफर्मरहरु बिभिन्न मितिमा चोरी भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रादेशिक अपराध अनुसन्धान समुह विराटनगर कोशी प्रदेशको नेतृत्वमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरु समेतबाट प्रहरी टोली परिचालन गरी ट्रान्सफर्मर भएको एरिया इलाकाहरुमा विशेष निगरानी बढाई संकास्पद स्थानहरुमा स्टिङ अपरेशन, Technical Analysis, सिसि टिभी निगरानी तथा चोरी भएका ट्रान्सफर्मरका सामग्रीहरु बिक्रि तथा खरिद गर्न सक्ने सम्भावित कवाडी पसल, भाँडा पसल तामा फ्याक्ट्रीहरुमा निगरानी तथा खानतलासी गर्दा चोरीमा संलग्न ७ जना व्यक्तिहरु र उक्त चोरीका सामग्री खरिद गर्ने ५ जनालाई ट्रान्सफर्मर चोरीमा प्रयोग भएका औजार, सवारी साधनहरु तथा ट्रान्सफर्मरमा प्रयोग भएका तामाको तारहरु सहित नियन्त्रणमा लिएको छ । बिभिन्न समुहहरु बनाई ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्तिहरुको खोजतलास तथा अनुसन्धानको क्रममा मोरङ ग्रामथान-४ का ४२ बर्षीय अर्जुन कुमार माझी, ग्रामथान- ५ का ३१ बर्षीय इरज धामी, बेलबारी- ३ का २७ बर्षीय रञ्जित तामाङ, बेलबारी- ४ का २६ बर्षीय अर्जुन चौधरी, सुनसरी दुहवी-३ का ३५ बर्षीय अनुज विस्वास, दुहवी- २ का ३९ बर्षीय प्रयाग कुमार खाँ चौधरी र भारत घर भई हाल दुहवी- ४ स्थित ससुराली घरमा बस्दै आएका ३४ बर्षीय आलम मिँयालाई पक्राउ गरिएको हो भने चोरीको सामान खरिद गर्ने विराटनगर-३ का ५३ बर्षीय लक्ष्य प्रधान, विराटनगर- ६ का ६२ बर्षीय कृष्ण गोपाल ताम्राकार, सुनसरी दुहबी-३ का ३२ बर्षीय योगेश अग्रवाल, दुहबी- २ का ३१ बर्षीय कपिल भट्ट र इटहरी- ४ का ३९ बर्षीय सिताराम राईलाई उनिहरुले खरिद गरेको चोरीको सामग्री सहित नियन्त्रणमा लिएको थियो ।   प्रहरीले सुनसरीको इटहरी-१४ स्थित इरज धामीको डेरा कोठाबाट ७ किलोग्राम,  इटहरी-४ का सिताराम राईको भाडा पसलबाट ४७ किलोग्राम, इटहरी स्थित दिलिप चौधरीको कवाडी पसलबाट १२० किलोग्राम, मोरङ बुढीगंगा-३ स्थित बिनय साहको यस यस मेटल फ्याक्ट्रीबाट ११५ किलोग्राम,  बिराटनगर-६ का अजय साहको दुर्गा भाडा पसलबाट ६२ किलोग्राम, कृष्ण गोपाल ताम्राकारको मनकामना मेटल्स एण्ड सप्लायर्सबाट १७ किलोग्राम, लक्ष प्रधानको कवाडी पसलबाट ५२० ग्राम  ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तार बरामद गरेको थियो भने चोरीमा संलग्न व्यक्तिहरुबाट बिभिन्न साइजका डायल रेन्च थान २२ थान, सलाई रेन्च ३ थान, पिलास ३ थान, पेचकस ३ थान, छिनो १ थान, साङली १ थान, कैची १ थान, ह्याक्सो बिलेट ३ थान, खन्ती १ थान, व्याट्री सहितको इलेकट्रिक ग्रेन्डर १ थान, झम्पल १ थान र उनिहरुले प्रयोग गरेका को. १ च ७७२९ नम्वरको पिकप गाडी १ थान, बिभिन्न कम्पनीको ५ थान मोटरसाइकल र १२ थान मोवायल समेत बरामद गरेको थियो । उक्त समुहले मोरङको विभिन्न स्थानबाट  ८ थान, सुनसरीबाट १२ थान र झापाबाट २ थान ट्रान्सफर्मर चोरी गरेका थिए ।उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख कार्कीले कोशी प्रदेश प्रहरी कार्यालयले १ बर्षको अवधिमा  गरेका सफल अनुसन्धान, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका गतिविधि लगायत  प्रहरीले गरेका नविनतम कार्यहरुको वार्षिक कार्य प्रगति विवरण समेतको सार्वजनिकिकरण गर्नु भएको थियो ।

प्रतिवन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ
२०८२-०४-१९

झापा, मोरङ र धनकुटाबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ परेका छन् । साउन १८ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका- ५ का २९ बर्षीय राजेन्द्र कुमार ताजपुरीया र शिवसताक्षी- ४ का २१ बर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर-१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका-७ का ३२ बर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम  ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले चौबिसे गाँउपालिका-६ का मुकेश बिश्वकर्मा र दिवश राईलाई २ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।