पर्खालले किचेर नाबालिकाको मृत्यु
२०८१-०७-२२
- A
- A-
- A+
मोरङको रंगेली नगरपालिका-८ निचामारी स्थितमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ । कात्तिक २१ गते साँझ साढे ५ बजे कसरलाल ताजपुरियाको २ बर्षीया छोरी शोभा ताजपुरियालाई आफ्नै घरमा ईटाले बनेको मन्दिरको पर्खाल अचानक झरेर किच्दा घाईते भएकी उनलाई उपचारको लागि रंगेली अस्पताल मोरङ पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट कानूनी कारबाही भईरहेको छ ।