प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध गाँजा सहित १ जना पक्राउ

२०८१-०७-१५

  • A
  • A-
  • A+
Share

सुनसरीको बर्जु गाँउपालिका-४ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले बर्जु -४ का २० बर्षीय शंकर मण्डललाई २ सय ९५ किलो लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको थियो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

 

सम्बन्धित समाचार
प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ
२०८१-०७-१६

सुनसरीको धरान उप-महानगरपालिका-२ भानु चोक स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन्। कात्तिक १५ गते साँझ वडा प्रहरी कार्यालय धरानबाट खटीएको प्रहरी टोलीले बा ८० प १२२३ नम्बरको मोटरसाईकलमा सवार मोरङ केराबारी गाउँपालिका-५ का १८ बर्षीय आकास लिम्बुको साथबाट ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी अस्थाई प्रहरी पोष्ठ कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले कात्तिक १५ गते दिउँसो बेलका नगरपालिका-८ हात्तिसुडे स्थितबाट २५ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । प्रतिबन्धित लागुऔषध र पक्राउ परेका मानिसको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।    

जुवा तास खेल्ने १८ जनाको समुह पक्राउ
२०८१-०७-१५

इलाम र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने १८ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । इलामको इलाम नगरपालिका-७ स्थितमा कात्तिक १४ गते दिउँसो जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा इलाम -६ का ४४ वर्षीय सुमन श्रेष्ठ, ३७ बर्षीय रञ्जन बि.क., ४२ बर्षीय बिकास लिम्बु , ४० बर्षीय मणि कुमार प्रधान, ४१ बर्षीय मिनराज सुब्बा, इलाम-७ का २७ बर्षीय सुवास श्रेष्ठ, ३० बर्षीय अनिल श्रेष्ठ,  इलाम-८ का ३३ बर्षीय देव कुमार राई, ३५ बर्षीय केशब सुबेदी,  इलाम-६ का ४० बर्षीय सुन्दर परियार, इलाम-३ का २८ बर्षीय कर्ण तामाङलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट नगद २ लाख ४५ हजार ३ सय ६० रुपैयाँ र १० बुङ तास समेत बरामद गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१ आदर्श मार्ग स्थित शम्भु रेग्मीको घरमा अवैध जुवातास खेलिरहेको अवस्थामा धरान-१ का ३१ बर्षीय प्रज्वल रेग्मी,३१ बर्षीय सबिन बस्नेत,२९ बर्षीय रवि चौधरी, ३५ बर्षीय प्रदिप सुवेदी, धरान-१६ का २९ बर्षीय आशिष प्रधान, धरान-१५ का ३२ बर्षीय अविशेक लिम्बु र धरान-१२ का ३६ बर्षीय रवि साहलाई नगद ४७ हजार २ सय र १ बुङ तास सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।

“साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” सम्झौता नविकरण, पुरस्कार वितरण तथा संस्थापकलाई सम्मान
२०८१-०७-१४

साधना देवी उत्कृष्ट प्रहरी पुरस्कारको सम्झौता नविकरण, पुरस्कार वितरण तथा पुरस्कार कोषका संस्थापक हाडजोर्नी विभाग, वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमका विच सम्मान गरिएको छ । कार्तिक १४ गते आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ र पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठले नविकरण गरिएको सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सम्झौता नविकरण पश्चात कार्यक्रमका प्रमुख अतिथि खापुङले पुरस्कार कोषका संस्थापक डा. श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान-पत्रद्वारा सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रममा कोषका संस्थापक श्रेष्ठले “साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” बाट पुरस्कृत हुने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई चेक हस्तान्तरण समेत गर्नु भएको थियो । “साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” सुनसरीको धरान निवासी स्वर्गीय साधना देवी श्रेष्ठको नामबाट उनको छोरा डा. बिक्रम प्रसाद श्रेष्ठ र तत्कालिन पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर विच २०७१ सालको प्रहरी दिवसबाट पुरस्कार प्रदान गर्ने र प्रत्येक ५/५ बर्षमा दुबै पक्ष बीच पुनः सम्झौता नबिकरण गर्ने सहमति अनुसार “साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” को मिति २०८१ साल कार्तिक १४ गते सम्झौता नविकरण भएको हो । उक्त पुरस्कार कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरुबाट आफ्नो कार्यक्षेत्रमा देखाएको बहादुरीता, जोखिमपूर्ण कार्यमा सफलता तथा अपराध अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने मध्येबाट छनौट गरी प्रदान गरिने गरेको छ ।

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०८१-०७-१२

सुनसरीको धरान उप-महानगरपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन । कार्तिक ११ गते प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा को.३२ प १७५० नम्बरको मोटरसाईकलमा प्लाष्टिकको बोरामा प्याक गरी बोकेको अवस्थामा २० किलोग्राम  गाँजा बरामद गरेको  हो ।  गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न मोटरसाईकल चालक धनकुटा सागुरगढी-१ का ३२ बर्षीय बुद्धराज लिम्बु र पछाडि सवार  ३० बर्षीय महा प्रसाद लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०७-१२

मोरङको बिराटनगर-१५ स्थितबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले प्रतिवन्धित लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । कार्तिक ११ गते दिउँसो चेकजाँचको क्रममा संखुवासभाको चैनपुर-१ का २० बर्षीय सन्तोष शेर्पालाई १ ग्राम ३६ मिलिग्राम ब्राउनसुगर र नाईट्राजेपाम १० ट्याबलेट सहित पक्राउ गरेको हो । यसै गरी प्रहरी चौकी रामनगरभुटाहा सुनसरीबाट खटिएको प्रहरी टोलीले हरिनगर-१ का २२ बर्षीय फारुक हजामलाई नाईट्राजेपाम १९४ ट्याब्लेट र स्पास १० ट्याब्लेट सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा आवश्यक कानुनि कारवाही भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित १२ जना पक्राउ
२०८१-०७-११

झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १० गते झापाको  मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङग उर्लाबारी-३ का २१ अरुण भित्रीकोटीलाई ५ ग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डाँगीहाट मोरङबाट खटिएको प्रहरी टोलीले बेलबारी-१० भाउन्ने का १७ बर्षीय आर्यन धिमाल र २० बर्षीय दिपेश राई लाई निषेधित ट्रामाडोल ५०० क्यापसुल र डिकोलिक ५०० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले त्रियुगा नगरपालिका-३ का २० बर्षीय केवल चौधरीलाई  निषेधित एम्पुल १८ वटा, ६० ट्याबलेट नाईट्रोभेट सहित नियन्त्रणमा लिएको छ ।  यसै गरी इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेकजाँचको क्रममा ईटहरी-६ का बर्ष ३६ को कृष्ण प्रसाद प्रसाई र ३३ बर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगर सहित, भोक्राहा नरसिंह-४ का २२ बर्षीय रोस्तम अन्सारी र २२ बर्षीय ईम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी-१६ का २० बर्षीय अमन चौधरी र इटहरी-१७ का २० बर्षीय रजिंत चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सहित र इनरुवा नगरपालिका-५ का २५ प्रेम कुमार खंग र इनरुवा-३ का २८ बर्षीय शंकर कुमार देवलाई २ ग्राम ५०० मिलिग्राम  ब्राउन सुगर सहित पक्राउ गरेको छ ।