प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित १० जना पक्राउ

२०८१-०७-०२

  • A
  • A-
  • A+
Share

झापा, सुनसरी, भोजपुर र धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिईएको छ । कार्तिक १ गते दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न सप्तरी राजवीराजका १९ बर्षीय रोहित कुमार मण्डल, ईटहरीका ३६ बर्षीय अग्रदिप चौधरी र ३० बर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी हिले धनकुटाले धनकुटा नगरपालिका-१ बाट पैदल यात्री स्थानीय २५ बर्षीय फुर्वा तामाङ, २७ बर्षीय छितेन तामाङ, २७ बर्षीय सोनाम तामाङ र महालक्ष्मी नगरपालिका-९ का २८ बर्षीय मनोज भण्डारीलाई १८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

भोजपुरको अरुण गाउँपालिका-६ जरायोटार स्थितमा बा. ३ ख २५४९ नम्बरको बसलाई प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका-९ का २५ बर्षीय अमुल राईलाई ३ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाको प्रहरी टोलीले दमक नगरपालिका-५ का ३५ बर्षीय रुपेन्द्र भण्डारी र ३४ बर्षीय नारायण बहादुर बस्नेतलाई २ ग्राम ब्राउन सुगर सहित मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 

   

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८१-०७-०२

झापा र खोटाङको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कार्तिक १ गते साँझ झापाको बिर्तामोड नगरपालिका-३ बिर्ताबजार स्थितमा मे. १ च ५९३० नम्बरको गाडीले ठक्कर दिँदा घाईते भएका पैदल यात्री भारत घर भई बिर्तामोड-३ स्थितमा बस्दै आएका ६५ बर्षीय आसारुलाल पानवारीको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो भने चालक कन्काई नगरपालिका-८ का ४६ बर्षीय मान बहादुर भुजेललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिईएको छ ।त्यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी  नगरपालिका-४ स्थितमा ना. १ ज ५७४३ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालक स्थानिय गोबिन्द कटुवाल र सुमो गाडीमा सवार स्थानिय दिपक बस्नेतको ८ बर्षीय छोरा हेमन्त बस्नेत घाईते भई उपचारकोलागी लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । गाडी र चालक कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर “उत्कृष्ट झाँकी प्रदर्शन पुरस्कार” द्वारा सम्मानित
२०८१-०७-०१

“६९ औं प्रहरी  दिवस २०८१” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर “उत्कृष्ट झाँकी प्रदर्शन पुरस्कार” द्वारा सम्मानित भएको छ । असोज ३० गते प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँमा आयोजित कार्यक्रममा प्रदेशको विविध साँस्कृतिक गतिविधि झल्किने प्रदेश प्रहरी स्तरीय झाँकी प्रदर्शनमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले लिम्बु संस्कृतिमा आधारित "च्याब्रुङ" (के लाङ) प्रस्तुत गरेको थियो । उक्त प्रस्तुति उत्कृष्ट भई तृतीय स्थान हाँसिल गरी पुरस्कृत भएको हो ।  

६९ औ प्रहरी दिवसको अवसरमा प्रहरी कर्मचारीहरु पुरस्कृत
२०८१-०६-३०

६९ औ प्रहरी दिवस २०८१ को अवसरमा आयोजना गरिएका बिभिन्न खेलकुदका बिजयी खेलाडी तथा बिभिन्न बिधामा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।  प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रहरी दिवस मुलसमारोह समितिका संयोजक नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले प्रहरी दिवसको अवसरमा संचालन गरिएको बिभिन्न खेलहरुमा बिजयहुने खेलाडीहरु ५५ जना, निर्णायक १२ जना र कार्यालय संचालन तर्फ उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी उपरीक्षक दिपक पोखरेल सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई मेडल, प्रसंशा पत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गर्नु भएको हो ।

प्रहरी दिवस २०८१ भव्यताका साथ सम्पन्न
२०८१-०६-३०

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुमा असोज ३० गते विविध कार्यक्रमहरुको आयोजना गरी “६९ औ प्रहरी दिवस २०८१” भव्यताका साथ सम्पन्न भएको छ ।   कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसमा आयोजित विशेष कार्यक्रम कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता एवं आन्तरीक मामिला तथा कानून मन्त्री लिला वल्लभ अधिकारीको बिशेष आतिथ्यतामा संचालन भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी दिवसको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गर्नु भएको थियो भने उपस्थित प्रमुख अतिथि लगायत सम्पुर्णमा स्वागत मन्तव्य समेत राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले प्रहरी कार्यालयको लागि निःशुल्क जग्गा उपलव्ध गराउनु हुने जग्गा दाताहरु, प्रहरी कार्यमा सहयोग पुर्‍याउनु हुने महानुभावहरु तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बिधागत पुरस्कारका संस्थापकहरुलाई सम्मान गर्नु भएको थियो । साथै वहाँले बिभिन्न बिधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै वाँहाले अमर प्रहरीहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुका साथै दिवंगत परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्नु भयो । वहाँले साधन स्रोत तथा भौतिक संरचनाको अभावमा समेत जनताको जिउ धनको सुरक्षा तथा समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरीले बिशिष्ट भुमिका निर्वाह गर्दै आएकोमा सम्पूर्ण प्रहरीहरुलाई सम्मान तथा आदरभाव प्रकट गर्नुका साथै आगामी दिनमा प्रहरीलाई श्रोत साधन सम्पन्न बनाउने प्रतिवद्धता जनाउनु भयो । उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय लिला वल्लभ अधिकारीले प्रहरी दिवसको अवसरमा हरेक बर्ष प्रदेश प्रहरी कल्याण कोषबाट प्रदान गरिदै आएको SEE तथा उच्च शिक्षा तर्फका परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई नगद तथा सम्मान-पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले कृतज्ञताको चिन्हो (टोकन अफ ग्राटिच्युट)  प्रदान गर्नु भएको थियो भने प्रमुख अतिथि लगायत सम्पुर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय लिलाबल्लभ अधिकारी, बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला तथा कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, जन प्रतिनिधिहरु, समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, संचारकर्मीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कारद्धारा ट्राफिक प्रहरी सहायक निरीक्षक पुरस्कृत
२०८१-०६-३०

 ६९ औ प्रहरी दिवस २०८१ को अवसरमा प्रदान गरिने बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी सहायक निरीक्षक कुल बहादुर बुढाथोकीलाई प्रदान गरिएको छ । २५ हजार धनराशीको उक्त पुरस्कार प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने मध्येबाट छनौट गरी उनलाई प्रदान गरिएको हो । पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक बुढाथोकीले सवारी दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गरी महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । पुरस्कृत हुने प्रहरी सहायक निरीक्षकलाई अक्षयकोषका संस्थापक बद्री बिक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा-पत्र प्रदान गर्नु भएको छ । १८ बर्षको कलिलो उमेरमा सवारी दुर्घटनामा परि दिवंगत हुनु भएका आफ्ना छोराको स्मृतिमा कोशी प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई नगद २५ हजार पुरस्कार तथा प्रशंसा-पत्रद्वारा सम्मान गरी यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाको अक्षयकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात भएको थियो । साथै प्रहरी दिवसको अवसरमा बिप्लव थापा (गोदार) स्मृति अक्षयकोषका संस्थापक बद्री बिक्रम थापालाई प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

प्रहरी सहायक हबल्दार सीता कुमारी दुलाल उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा सम्मानित
२०८१-०६-३०

प्रहरी दिवसको अवसरमा प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी सहायक हबल्दार सीता कुमारी दुलाल उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा सम्मानित हुनुभएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने महिला प्रहरी कर्माचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने १ जना महिला प्रहरीलाई  नगद पुरस्कार द्वारा पुरस्कृत गर्ने उद्धेश्य अनुरुप सुनसरी धरान उप-महानगरपालिका-८ की श्रीमती शिला श्रेष्ठ बज्रचार्यले महिला प्रहरीहरुको मनोबल उच्च राख्न तथा उत्प्रेरणा प्रदान गर्न यसै बर्ष देखि २५ हजार धनराशीको उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात गर्नु भएको हो  ।उक्त पुरस्कार कोषका संस्थापक श्रीमती शिला श्रेष्ठ बज्राचार्यले प्रहरी सहायक हबल्दार दुलाललाई प्रदान गर्नु भएको थियो । साथै उत्कृष्ट महिला प्रहरी पुरस्कार कोषका संस्थापक शिला श्रेष्ठ बज्रचार्यलाई प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।