प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम

२०८१-०६-१५

  • A
  • A-
  • A+
Share

“६९ औँ प्रहरी दिवस २०८१” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको अध्यक्षतामा असोज १५ गते बिराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चोकमा भएको रक्तदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारीले रक्तदाता कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाललाई ब्लड ब्याग हस्तान्तरण गर्नु भई कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो ।


कार्यक्रमलाई सम्वोधनको क्रममा वहाँले प्रहरीले शान्ति सुरक्षाका साथै जनताको साथी भएर निरन्तररुपमा सामाजिक कार्यहरु गर्दै आईरहेकोमा आयोजित यो रक्तदान कार्यक्रम ज्वलन्त उदाहरण रहेको बताउदै रक्तदान जीवन दान भन्दै यस्ता पुनित कार्यको लागि अग्रणि स्थानमा रहेर देश र जनताको सेवा गर्ने नेपाल प्रहरीलाई हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्नु भयो । वहाँले मानविय सेवामा सहयोग पुर्‍याउनु हुने रक्तदाताहरुलाई प्रसंसा पत्र समेत प्रदान गर्नु भएको थियो । नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र नेपाल रेडक्रस सोसाईटी बिराटनगरको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी र सर्वसाधारण समेत गरी ६८ जनाले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै संचारकर्मीहरु समेतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध गाँजा र ब्रउन सुगर सहित ३ जना पक्राउ
२०८१-१२-१९

 झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दा स्थितमा इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत दार्जिलिङ नक्सालवाडीका २० बर्षीय बिकाश बैठा र झापा दमक नगरपालिका-१ का ३६ बर्षीय नगेन्द्र बस्नेतलाई ब्रउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी उदयपुर कटारी नगरपालिका-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा प्रदेश २-०१-००१ ह ११२६ नम्बरको अटोलाई चेकजाँचको क्रममा  ३५ किलो ८ सय ५० ग्राम गाँजा  बरामद गरेकोले गाँजा सहित चालक उदयपुर कटारी-५ का  प्रेम बहादुर श्रेष्ठ लाई नियन्त्रणमा लिएको छ लागू औषध गाँजा र ब्रउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिमको उद्‍घाटन
२०८१-१२-१९

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training) दोस्रो समुहको उद्‍घाटन भएको छ । चैत्र १९ गते दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिमको उद्‍घाटन कार्यक्रमका प्रमुख अतिथि एवं तालिम संयोजक दुर्गा प्रसाद दाहालले लागूऔषध दुर्व्यसन मुक्त समाजको निर्माण आजको आवश्यकता रहेको बताउदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश भरी संचालनमा ल्याएको लागूऔषध दुर्व्यवसन बिरुद्ध अभियान FAN (Fight Against Narcotic) कार्यक्रमलाई प्रभावकारीरुपमा विद्यालय तथा समुदाय स्तरमा संचालन गरी दुर्व्यसन विरुद्ध सचेतनामा अभिवृद्धी गराई परिवार, समुदाय हुदै सिंगो राष्ट्रलाई दुर्ब्यसन मुक्त राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको बताउनु भयो । उक्त तालिममा कोशी प्रदेशका मातहत कार्यालयहरुमा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी जवान दर्जा सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।  

सवरी दुर्घटनाबाट १ जनाको मृत्यु
२०८१-१२-१९

सुनसरी ईनरुवा नगरपालिका-६ स्थित पुर्व पश्चिम लोकमार्गमा सवरी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । चैत्र १८ गते ना. ६ ख २९३१ नम्बरको बसले को. २५ प ३३७८ नम्बरको मोटरसाइकलाई ठक्कर दिई दुर्घटना हुँदा  मोटरसाईकल चालक हरिनगर गाँउपालिका-३ का ४६  महेश कुमार मेहता र पछाडि सावर सुनसरी देवानगंज-२ का ५७ बर्षीय गुगली मेहता घाईते भई तत्काल उपचारको लागी  जिल्ला अस्पताल सुनसरी पुर्‍याईएकोमा उपचारको क्रममा महेश कुमार मेहताको मृत्यु भएको हो ।दुर्घटनामा संलग्न सवारी र चालक सिराहा लाहान- ३४ बर्षीय  सुर्य नारायण चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरीरहेको छ । 

प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ
२०८१-१२-१८

झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र १७ गते प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका-११ नँया बसपार्क स्थितबाट अस्थायी प्रहरी पोष्ट नँया बसपार्कको प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गाउँपालिका-२ की १९ बर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट कमल गाउँपालिका-४ का ३८ बर्षीय संयोग बस्नेत र दमक नगरपालिका-८ का ३४ बर्षिय अंकित कार्कीलाई ९ ग्राम ७ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ठ विजयपुरबाट खटिएको प्रहरीको टोलीले धरान उप-महानगरपालिका-१४ की १८ बर्षीया आकृती परियारलाई निजकै घरको कोठाबाट लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल, प्रतिबन्धित औषधी स्पास्पेन ११७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको ईनरुवा नगरपालिका-९ का ३६ बर्षीय जितेन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय लौकही सुनसरीले नियन्त्रणमा लिएको हो । यसका साथै लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले मोरङ केराबारी गाउँपालिका-६ का ३५ बर्षीय युवराज कटुवाललाई बिराटनगर महानगरपालिका-१६ स्थितबाट ३ ग्राम २५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी कोठुबाट खटिएको संयुक्त प्रहरी टोलीले बेलका नगरपालिका-८ आराङ्गा स्थित भित्रि सडक खण्डमा जेब्रा झोलामा बेबारीसे अवस्थामा राखिएको १५ किलो लागुऔषध गाँजा फेलापारी बरामद गरको थियो ।

वेवारीसे अवस्थामा रहेको गाँजा वरामद
२०८१-१२-१७

उदयपुरको बेलका नगरपालिका-६ स्थित खोला किनारमा वेवारीसे अवस्थामा रहेको गाँजा प्रहरीले बरामद गरेको छ । चैत्र १६ गते  विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले मुर्ती खोला किनारमा बोराभित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा (३९ पोका) वेवारीसे अवस्थामा फेला पारेको हो । वरामद भएको उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याईएको र ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान कार्य भईरहेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका-१२ का रोहित झा र विवेक बि.क.लाई प्रतिवन्धित लागूऔषध ट्याव्लेट ६० चक्की सहित  पक्राउ गरेको छ ।