प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम

२०८१-०६-१५

  • A
  • A-
  • A+
Share

“६९ औँ प्रहरी दिवस २०८१” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको अध्यक्षतामा असोज १५ गते बिराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चोकमा भएको रक्तदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारीले रक्तदाता कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाललाई ब्लड ब्याग हस्तान्तरण गर्नु भई कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो ।


कार्यक्रमलाई सम्वोधनको क्रममा वहाँले प्रहरीले शान्ति सुरक्षाका साथै जनताको साथी भएर निरन्तररुपमा सामाजिक कार्यहरु गर्दै आईरहेकोमा आयोजित यो रक्तदान कार्यक्रम ज्वलन्त उदाहरण रहेको बताउदै रक्तदान जीवन दान भन्दै यस्ता पुनित कार्यको लागि अग्रणि स्थानमा रहेर देश र जनताको सेवा गर्ने नेपाल प्रहरीलाई हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्नु भयो । वहाँले मानविय सेवामा सहयोग पुर्‍याउनु हुने रक्तदाताहरुलाई प्रसंसा पत्र समेत प्रदान गर्नु भएको थियो । नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र नेपाल रेडक्रस सोसाईटी बिराटनगरको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी र सर्वसाधारण समेत गरी ६८ जनाले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै संचारकर्मीहरु समेतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जना पक्राउ
२०८२-१२-१८

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट चैत १७ लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जनालाई पक्राउ गरीएको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट प्र.१-०१-०१२ प ४७१५ नम्बरको स्कुटर चालक मेचीनगर नगरपालिका-१२ का संतोष लिम्बु पछाडी सवार ओम नरायण मंडल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित र  मे ४ प ८२७४ नम्बरको मोटरसाईकल चालक भद्रपुर-९ का रेसल खड्का पछाडी सवार संदिप राजबशी र प्रबिण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय अनारमनीले दमक नगरपालिका-८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानीले सुनसरीको धरान उप-महानगरपालिका-११ का बिनायक सुवेदीलाई २४ एम्पुल प्रतिबन्धित औषधी सहित मोरङको-१५ स्थितबाट नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुर चौदण्डी-४ का पर्वत राईलाई ३० ट्यब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ  परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।                

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-१६

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका-६ का अनिस तामाङ, राघब राई, सुन्दरहरैचा-८ का सचिन घिमिरे र बिवेक श्रेष्ठलाई ६ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी झापाको इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका-२ का धिरन राई, गौरादह- ७ का निरोज बर्देवा र रुपेश दर्जीलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, प्रतिवन्धित औषधी १२ चक्की सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको अस्थायी प्रहरी पोष्ट हसन्दहले उर्लाबारी नगरपालिका-१ का विश्वास तामाङ र कञ्चनपुर बेलौरी नगरपालिका-९ का सागर चौधरीलाई नाईट्राजेपाम ९४ क्याप्सुल, ९० चक्की ट्रामाडोल र ५० चक्की स्पास्पेन सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८२-१२-१५

झापा र मोरङको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । झापाको वर्डा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-४ डाँगीबारी स्थितबाट अर्जुनधारा नगरपालिका-११का शिब गिरी र संदिप उप्रेतिको साथबाट ८ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने मोरङको कानेपोखरी गाउँपालिका-६ स्थितबाट स्थानिय दिप्लुङ राई, भिजन राई  र कुमार लिम्बुलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका पाचैँ जनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ३ जना पक्राउ
२०८२-१२-१४

झापा, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-६ स्थितबाट  भारत ठाकुरगंजका ३७ वर्षिय बेचन यादवलाई २० ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र- ८ शुक्रबारे स्थितबाट B38L2962 नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा चालक देवानगन्ज-१का २३ वर्षिय राकेश कुमार यादवको साथबाट २५ किलोग्राम गाँजा फेलापारी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ । त्यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा -६ लालपत्ता चोक स्थितमा चेकजाँचको क्रममा स १ ज ५०३ नम्बरको यात्रुबाहक विङ्गरमा सवार त्रियुगा-९का चुडामणी रायाराझीको साथबाट ओपिडोल ७९० ट्याब्लेट, स्पासपेन ८९० ट्याब्लेट र  निड्राजेपाम ५४० ट्याब्लेट  प्रतिबन्धित औषधी फेला पारी नियत्रणमा लिएको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।    

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-१३

झापा र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १२ गते झापाको भद्रपुर नगरपालिका-४ र ५ को बिभिन्न स्थानहरुबाट वडा प्रहरी कार्यालय भद्रपुरले १० ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड- ७ का अजय रिऋदेब, बिर्तामोड- ३ का रस्को मुर्मु, सरोज कार्की, बिर्तामोड- ६ का मो. जाबिर आलम र भद्रपुर- ४ का दिपेश राजबंशीलाई नियन्त्रणमा लिएको हो भने अर्जुनधारा नगरपालिका- ८ का बिक्रम यादव र अजय राजवंशीलाई ४ सय मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट लागू औषध ब्युरो काँकडभिट्टाले पक्राउ गरेको हो । त्यस्तै सुनसरीको धरान- २० बाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाले प्र.१-०२-०५४ प ०९४४ नम्बरको मोटरसाईकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका- ८ का शिखर राई र मोटरसाईकल पछाडी सवार विश्व राईलाई १७ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित ३ जना पक्राउ
२०८२-१२-१२

झापा, सुनसरी र उदयपुरबाट चैत्र ११ गते लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका भद्रपुर नगरपालिका-९ का ३३ वर्षीय दिनेश कुर्मीलाई लागू औषध ब्राउन सुगर २ ग्राम ६९० मिलिग्राम सहित भद्रपुर-५ मेचीपुलबाट पक्राउ गरेको छ । यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-१६ स्थित पानीट्याङ्कीबाट अस्थाई प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३० बर्षीय रितिक थामीलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन ६१० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय कटारी उदयपुरले कटारी नगरपालिका-५ बरमझियाका ३३ बर्षीय तुल बहादुर थापालाई १० किलोग्राम गाँजा सहित उनकै घरबाट पक्राउ गरिएको छ । पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।