प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर १ जनाको मृत्यु

२०८१-०५-१८

  • A
  • A-
  • A+
Share

मोरङको सुन्दरहरैचा नगरपालिका-३ का ३९ बर्षीय डिल्ली बहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको छ । भदौ १८ गते बिहान साढे ५ बजे आफ्नै भैसी गोठमा मोटर खोलेर गोठ सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिष्टको उपचारको क्रममा बिराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट कानुनी कारवाही भईरहेको छ ।

 

सम्बन्धित समाचार
जुवा खेल्ने ९ जनाको समुह प्रहरीको नियन्त्रणमा
२०८१-०५-३१

मोरङको ग्रामथान गाउँपालिका-४ स्थितबाट जुवा खेल्ने ९ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्य सहित बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट  संयुक्त रुपमा भदौ २९ गते राती ८ बजे परिचालन भएको टोलीले ग्रामथान-४ कटहरा टोल स्थित महिला समुहको सामुदायिक भवनमा (बाँसको टाठी र टिनको छाना भएको) जुवा खेलीरहेको अवस्थामा जुवा जन्य बस्तु र नगद रुपैया सहित नौ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङ ग्रामथान-४ का ५५ बर्षीय अहिलाल माझी, ग्रामथान-४ का ५९ बर्षीय शिवनारायण माझी, सुन्दरहरैंचा नगरपालिका-१ का ४५ बर्षीय जय किश्वर साह, सुन्दरहरैचा-१ का ५० बर्षीय जनक कुमार मास्के, सुन्दरहरैचा-३ का ३० बर्षीय प्रताप भन्ने ईच्छा राई, लेटाङ नगरपालिका- ९ का ३८ बर्षीय लोकनाथ सापकोटा, झापा दमक नगरपालिका-१० का ४६ बर्षीय ऋतुबर्ण नेम्वाङ, सुनसरी धरान उपमहानगरपालिका-१५ का ४५ बर्षीय युबक राई र महोतरी गौसाला नगरपालिका-१ का ४५ बर्षीय महेश साह रहेका छन । प्रहरीले जुवाको खालबाट कौडा १६ थान, तास १२ बुक, पाउडर २ बट्टा, कपडाको झोला २ थान, मोबाईल १५ थान र नगद १८ लाख ४९ हजार ५ सय रुपैया समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भई रहेको छ ।  

चोरीको ४ वटा मोटरसाईकल सहित चोरीमा संलग्न ४ जना पक्राउ
२०८१-०५-३१

धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कमुवा खोला स्थितबाट चोरीको चारवटा मोटरसाईकल सहित चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा साँगुरीगढी-३ का २३ बर्षीय सबिन याख्खा, ३४ बर्षीय सन्त कुमार श्रेष्ठ, २४ बर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका-४ का १८ बर्षीय आयुस बिश्वकर्मा रहेका छन । भाद्र ३० गते सुनसरीको इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाट धनकुटाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोटरसाईकल चोरीमा संलग्न रहेका उनिहरुलाई बिभिन्न मितिमा चोरी भएको को.२६ प ८३७३, बा.६७ प २४१७ नम्बरको पल्सर मोटरसाईकल र को.२८ प ७४७१, को.१७ प ९७१८ नम्बरको स्कुटर सहित पक्राउ गरेको हो । चोरीको मोटरसाईकल र स्कुटर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु
२०८१-०५-३१

मोरङको बिराटनगर महानगरपालिका-१४ स्थितमा सवारी दुर्घटनाहुँदा मोटरसाईकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । भाद्र ३० गते राती साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाईल सडक साईडमा रहेको UP 36 P 2891 नम्बरको ट्रकमा ठक्कर लाग्दा घाईते भएका मोटरसाईकल चालक  बिराटनगर-१५ का १८ बर्षीय राजिव मण्डल र मोटरसाईकल पछाडि सवार रहेका बिराटनगर-१० का २५ बर्षीय कृष्ण मण्डलाई उपचारको लागी बिराट नर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा कृष्ण मण्डलको मृत्यु भएको हो । उक्त ट्रक र चालक भारत उत्तर प्रदेशका मक्सुद आलमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०५-३०

मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुटै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २९ गते साँझ इलाका प्रहरी कार्यालय रामधुनीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले रामधुनी नगरपालिका-३ पिप्राहा स्थितबाट इटहरी उप-महानगरपालिका-१७ लबिपुरका २६ बर्षीय सायक राईलाई प्रतिबन्धित लागुऔषध ट्रामाड्रोल ६० क्याप्सुल, स्पास्मो ५० क्याप्सुल र स्पासपेन २१० क्याप्सुल सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका भारत जोगबनीका २४ बर्षीय बिक्की राय, १९ बर्षीय देउ राउत र विराटनगर-१ का २६ बर्षीय बिधान अधिकारीलाई २ ग्राम १ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।