नाबालिका भतिजिको हत्या गर्ने काका पक्राउ
२०८१-०४-२७
- A
- A-
- A+
सुनसरीको इहटरी उप-महानगरपालिका-५ का ३० बर्षीय सालिग्राम लुईटेलले आफ्नै नाबालिका भतिजिको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह इटहरी-५ स्थितमा डेरा गरी बस्दै आएका लुईटेलले दाजु नबराज लुईटेलको डेढ बर्षीया छोरी आईन्सु लुइटेललाई आफ्नै डेरा कोठा भित्र धारीलो ब्लेडले घाँटी र टाउकोमा चिरी हत्या गरेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले लुईटेललाई घटना स्थलबाटै पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका लुईटेलको थप अनुसन्धान भईरहेको छ ।