प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ७ जना पक्राउ

२०८१-०४-१६

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको झापा गाँउपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले रोकी राखेको को. ३२ प ८९७४ नम्बरको मोटरसाईकल सहित दमक-१२ का २६ बर्षीय मनिस थापा, २२ बर्षीय रिकाश बस्नेत र १९ बर्षीय रोमित कट्वाल समेतलाई शंका लगि चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको विराटनगर-१७ बाट बा. ९८ प ४६ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका ३ का ३२ बर्षीय मनोज कटुवाल र मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय अम्बिर यक्सो लिम्बुलाई ३ ग्राम ५८ मिलिग्राम ब्राउन सगुर सहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थितबाट बा.५६ प.६९३५ नम्बरको स्कुटर चालक भोजपुर हतुवागडी गाउँपालिका-९ घर भई हाल बराहक्षेत्रमा बस्दै आएका ३३ बर्षीय कृष्ण कुमार राईलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने धरान उपमहानगरपालिका १५ की जोनु राईलाई ट्रामाडोल १२० क्याप्सुल र कोलिवान १४० ट्याब्लेट औषधी सहित इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
जुवा खेल्ने ९ जनाको समुह प्रहरीको नियन्त्रणमा
२०८१-०५-३१

मोरङको ग्रामथान गाउँपालिका-४ स्थितबाट जुवा खेल्ने ९ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्य सहित बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट  संयुक्त रुपमा भदौ २९ गते राती ८ बजे परिचालन भएको टोलीले ग्रामथान-४ कटहरा टोल स्थित महिला समुहको सामुदायिक भवनमा (बाँसको टाठी र टिनको छाना भएको) जुवा खेलीरहेको अवस्थामा जुवा जन्य बस्तु र नगद रुपैया सहित नौ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङ ग्रामथान-४ का ५५ बर्षीय अहिलाल माझी, ग्रामथान-४ का ५९ बर्षीय शिवनारायण माझी, सुन्दरहरैंचा नगरपालिका-१ का ४५ बर्षीय जय किश्वर साह, सुन्दरहरैचा-१ का ५० बर्षीय जनक कुमार मास्के, सुन्दरहरैचा-३ का ३० बर्षीय प्रताप भन्ने ईच्छा राई, लेटाङ नगरपालिका- ९ का ३८ बर्षीय लोकनाथ सापकोटा, झापा दमक नगरपालिका-१० का ४६ बर्षीय ऋतुबर्ण नेम्वाङ, सुनसरी धरान उपमहानगरपालिका-१५ का ४५ बर्षीय युबक राई र महोतरी गौसाला नगरपालिका-१ का ४५ बर्षीय महेश साह रहेका छन । प्रहरीले जुवाको खालबाट कौडा १६ थान, तास १२ बुक, पाउडर २ बट्टा, कपडाको झोला २ थान, मोबाईल १५ थान र नगद १८ लाख ४९ हजार ५ सय रुपैया समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भई रहेको छ ।  

चोरीको ४ वटा मोटरसाईकल सहित चोरीमा संलग्न ४ जना पक्राउ
२०८१-०५-३१

धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कमुवा खोला स्थितबाट चोरीको चारवटा मोटरसाईकल सहित चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा साँगुरीगढी-३ का २३ बर्षीय सबिन याख्खा, ३४ बर्षीय सन्त कुमार श्रेष्ठ, २४ बर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका-४ का १८ बर्षीय आयुस बिश्वकर्मा रहेका छन । भाद्र ३० गते सुनसरीको इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाट धनकुटाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोटरसाईकल चोरीमा संलग्न रहेका उनिहरुलाई बिभिन्न मितिमा चोरी भएको को.२६ प ८३७३, बा.६७ प २४१७ नम्बरको पल्सर मोटरसाईकल र को.२८ प ७४७१, को.१७ प ९७१८ नम्बरको स्कुटर सहित पक्राउ गरेको हो । चोरीको मोटरसाईकल र स्कुटर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु
२०८१-०५-३१

मोरङको बिराटनगर महानगरपालिका-१४ स्थितमा सवारी दुर्घटनाहुँदा मोटरसाईकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । भाद्र ३० गते राती साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाईल सडक साईडमा रहेको UP 36 P 2891 नम्बरको ट्रकमा ठक्कर लाग्दा घाईते भएका मोटरसाईकल चालक  बिराटनगर-१५ का १८ बर्षीय राजिव मण्डल र मोटरसाईकल पछाडि सवार रहेका बिराटनगर-१० का २५ बर्षीय कृष्ण मण्डलाई उपचारको लागी बिराट नर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा कृष्ण मण्डलको मृत्यु भएको हो । उक्त ट्रक र चालक भारत उत्तर प्रदेशका मक्सुद आलमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

पहिरो संगै झरेको ढुङ्गाले लागेर पिकअपमा सवार महिलाको मृत्यु
२०८१-०५-३०

ताप्लेजुङको फक्तालुङ गाउँपालिका-३ खेसेवा स्थितमा पहिरो संगै झरेको ढुङ्गाले लागेर पिकअपमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फक्तालुङ-३ की २६ बर्षीया निर्मला गुरुङ रहेकी छिन ।  भदौ २९ गते दिउँसो साढे २ बजे ताप्लेजुङ सदरमुकामबाट सामान बोकेर फक्तालुङ तर्फ जादै गरेको मे. १ ज १३६२ नम्बरको पिकअप गाडीलाई बाटो माथिबाट पहिरो संगै झरेको ढुङ्गाले किच्दा गुरुङ गम्भिर घाईते भएकि थिईन । घाईते उनलाई उपचारको लागी ताप्लेजुङ जिल्ला अस्पताल लैजादै गर्दा बाटैमा नै मृत्यु भएको थियो । पिकअप र चालक फाक्तालुङ-३ का रुपेश सुनुवारलाई जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले नियन्त्रणमा लिई  घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।