करेन्ट लागि १ जनाको मृत्यु
२०७८-०८-१३
- A
- A-
- A+
मोरङ रतुवामाई नगरपालिका २ डोरिया स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका २ डोरिया का २१ बर्षीय निरन्जन कुमार सिंह रहेका छन् ।
आज बिहान साढे ११ बजे घरको टिनको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागि घाईते भएका सिंहलाई उपचारको लागि रंगेली अस्पताल पुर्याउदा साढे १२ बजे चिकित्सकले मृत्यु भएको जानकारी दिएका हुन् । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।