बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
२०८१-०४-०६
- A
- A-
- A+
मोरङको उर्लावारी नगरपालिका-४ बक्राहा स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हिजो दिउँसो साढे २ बजे पथरीबाट उर्लाबारी तर्फ आउदै गरेको मे.१ ख.२३६३ नम्बरको बसले बाटो काट्दै गरेका उर्लाबारी-२ सुनझोराका ६५ बर्षीय गज धिमाललाई ठक्कर दिदा घाईते भएका धिमाललाई उपचारको लागी बि एण्ड सि अस्पतालत बिर्तामोड पुर्याउनाथ डाक्टरले मृत घोषित गरेका थिए । बस र बस चालक झापाको मेची नगरपालिका -६ का ४५ बर्षीय उद्धव कुमार मोक्तानलाई इलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिई आवश्यक कानूनी कारबारी प्रकृया गरीरहेको छ ।