लागुऔषध अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी अनुशिक्षण तालिमको समुद्घाटन
२०८१-०३-२३
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ३ कार्य दिनको “लागुऔषध अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी अनुशिक्षण” तालिमको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा तालिमको समुद्घाटन भएको हो ।
तालिमको समुद्घाटनमा पश्चात कार्यक्रममा सम्बोधन गर्नु हुदै प्रहरी वरिष्ठ उपरीक्षक दाहालले कोशी प्रदेशमा लागुऔषध सेवन लगायत अपराध जन्य गतिबिधीहरु भईरहेको सन्दर्भमा दुर्व्यसन बिरुद्ध प्रहरी निर्मम रुपमा प्रस्तुत हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो । त्यस्तै कोशी प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहत जिल्ला प्रहरी कार्यालयहरु तथा इलाका प्रहरी कार्यायलहरु मार्फत “दुर्व्यसन बिरुद्ध आमाहरु” कार्यक्रम गरिरहेको परिपेक्ष्यमा सहभागीहरु यस अनुशिक्षण पश्चात बिभिन्न प्रहरी इलाकाहरुमा परिचालन हुने र लागुऔषध बिरुद्ध सचेतनामुलक कार्यक्रमहरुको अतिरिक्त लागुऔषध जन्य अपराधिक गतिबिधिहरु बिरुद्ध प्रहरी कार्यलाई समेत प्रभाबकारी ढंगबाट अभिबृद्धि गर्दै लैजानु पर्ने भनि मन्तव्य ब्यक्त गर्नुभयो ।
अनुशिक्षण तालिमको समुद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले तालिम सम्बन्धी प्रतिबेदन पेश गर्नु भएको थियो । ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको समुद्घाटन कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।