लागुऔषध सहित २ जना पक्राउ
२०८१-०३-०९
- A
- A-
- A+
मोरङ र झापा जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह साढे ५ बजे झापाको मेचिनगर नगरपालिका- ६ स्थित भारतबाट नेपालतर्फ आउदै गरेको दमक-४ का २७ बर्षीय बिर्जेश सुनुवारलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा उनको साथबाट २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर बरामद गरेसगै पक्राउ गरेको हो । त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह PIT र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर-१६ दरैया चोकबाट को. २२ प ६९५५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक बिराटनगर- ११ का २५ बर्षीय रोशन साहको साथबाट NITRAVET -४० चक्की फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।