प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ

२०८१-०२-१२

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-३ का ४५ बर्षीय पन्चु पासवान रहेका छन । पासवानले मोरङको कटहरी गाउँपालिका-५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनि ३ लाख ३० हजार रूपैँया नगद लिई ठगी गरेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । जेष्ठ १२ गते पक्राउ परेका पासवानको ठगी कसुरमा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
पहिलो उपचार सहयोगी (Medical First Responder) तालिम पहिलो समुहको समापन
२०८१-१२-३०

कोशी प्रदेश कार्यालय विराटनगरको तत्वावधानमा चैत्र २६ गतेबाट संचालनमा रहेको ५ कार्य दिनको पहिलो उपचार सहयोगी (Medical First Responder) तालिम पहिलो समुहको समापन भएको छ । चैत्र ३१ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा भएको तालिम समापन कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठले प्रहरी कर्मचारीहरुको लागी अति उपयोगी रहेको पहिलो उपचार सहयोगी तालिमबाट सिकेका ज्ञानले आफ्नो ब्यक्तिगत जीवन तथा मानव सेवामा समर्पित प्रहरी पेशामा समेत उत्तिकै फलदायी हुने बताउनु भयो । साथै वँहाले तालिमबाट सिकेका ज्ञान र सिपलाई कार्यक्षेत्रमा ब्यवहारमा उतारी तत्काल घटना स्थलमा पुगेको प्रहरीले घाईतेलाई पहिलो उपचार गरी चाडैं अस्पताल सम्म पुर्‍याउन सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन समेत दिनुभयो । समापन कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुवास भट्टराईले तालिम सम्बन्धी प्रतिबेदन पेश गर्नु भएको थियो । उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-१२-३०

मोरङ, झापा र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २९ गते मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचको क्रममा को. १५ प १९६ नम्बरको मोटरसाईकल चालक उर्लाबारी-३ का ३५ बर्षीय किरण राई र मोटरसाईकल पछाडी सवार ३५ बर्षीय काजीमान लिम्बुलाई मोटरसाईकलमा लुकाईछिपाई ल्याउदै गरेको  ३ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१ का ५१ बर्षीय कुमार लिम्बुलाई ब्राउन सुगर १ ग्राम सहित निजकै घरबाट पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी बुधबारेले जहदा गाउँपालिका-१ स्थित बाटोको छेउमा बेवारिसे अवस्थामा रहेको १४ किलोग्राम गाँजा बरामद गरेको हो । त्यस्तै  सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गेको प्रहरी टोलीले बा. ४४ प ७७४९ नम्बरको मोटरसाईकल चालक धरान - ८ का २४ बर्षीय दिपेश लिम्बु र पछाडी सवार धरान-१९ का सुमन राईलाई प्रतिबन्धित लागु औषध ट्रमाटोल ५७० क्यापसुल र नियन्त्रित  औषधी स्पास्पेन १ हजार ४७० ट्याब्लेट  सहित नियन्त्रणमा लिएको हो । त्यस्तै झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले देश भारत बेङ्लोरकी ३७ बर्षीया सनम सेख र ५१ बर्षीय ईबराहिम केथाड्थलाई गाँजा ५ किलो ५३४ ग्राम नियन्त्रणमा लिएको  हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित ४ जना पक्राउ
२०८१-१२-३०

झापा, सुनसरी र तेह्रथुमबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन । चैत्र ३१ गते झापाको बिर्तामोड स्थित अस्थायी प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-१ स्थितबाट ताप्लेजुङ फुङ्लिङ नगरपालिका-६ का २१ बर्षीय युगल दर्जी सिवालाई १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय पकलीले रामधुनी नगरपालिका-३ का २२ बर्षीय मनिष तामाङलाई ४ सय २० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय लौकहीले भोक्राहा नर्सिङ गाउँपालिका-६ का एक वालकलाई १ हजार ४ सय १० चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ ।सोही दिन तेह्रथुमको प्रहरी चौकी जिरिखिम्तिबाट खटिएको गस्ती टोलीले म्याङ्लुङ-८ का कवुहाङ लिम्वुलाई निषेधित औषधी ८ सय चक्की सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-१२-२९

मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट चैत्र २८ गते प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट मोरङको बेलबारी नगरपालिका-४ का२१ बर्षीय एनजल गुरुङ र १९ बर्षीय साहिल राईलाई ७ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले सुनसरीको रामधुनी नगरपालिका-२ का २४ बर्षीय शिव शंकर चौधरीलाई ५ ग्राम २ सय १० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धनकुटाको सागुरीगढी गाउँपालिका-९ घर भई हाल धरानमा बस्दै आएका ३४ बर्षीय भुपाल राईलाई २८ किलो लागुऔषध गाँजा सहित धरान उप-महानगरपालिका-११ स्थितबाट नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश पर्यटन वर्ष,२०८२ सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ
२०८१-१२-२९

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सहकार्यमा कोशी प्रदेश पर्यटन वर्ष,२०८२ लाई लक्षित गरी सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ भएको छ । चैत्र २९ गते विराटनगर महानगरपालिका-१५ स्थितमा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने मुल नाराका साथ संचालन भएको कार्यक्रममा प्रमुख अतिथि कार्कीले पर्यटन वर्ष २०८२ लाई लक्षित गरी भारतबाट भ्रमणको लागि नेपाल आउनु भएका भारतिय पर्यटक सवार सवारी साधनहरुमा स्टिकर टाँस गर्नु भई कार्यक्रमको शुभारम्भ गर्नु भएको छ । कार्यक्रममा प्रमुख अतिथि कार्कीले कोशी प्रदेश पर्यटन बर्ष २०८२ को औपचारिकरुपमा उद्‍घाटन भईसकेको र बिभिन्न कार्यक्रमहरु मध्ये सुरक्षा जाँच तथा स्टिकर टाँस कार्यक्रम पनि एक रहेको बताउनु हुँदै बिभिन्न उदेश्य लिएर नेपाल भ्रमणको लागी आउनु हुने पर्यटकहरुले सहज रुपमा नेपाल भ्रमण गरी आफ्नो गन्तब्य सम्म पुग्ने बातावरणको सिर्जना गरी सत्कार र सम्मानका साथ समस्याको पहिचान गरी गुणस्तरीय सुरक्षा प्रदान गर्न तथा नेपालको भविष्य जोडिएको पर्यटन क्षेत्रको माध्यमबाट मुलुकलाई सम्पन्न र समृद्ध बनाउनको निम्ति सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ गरिएको बताउनु भयो । उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले सवारी साधनमा नेपाल आउनुहुने पर्यटकहरुले यातायात कार्यालयको खोजी गर्दै हिड्नु नपर्ने तथा नेपाल प्रवेशको पहिलो विन्दुमा नै सवारी साधनमा टाँस गरीएको स्टिकरले प्रदेशका बिभिन्न स्थानमा  सहजरुपमा भ्रमण गर्न सहजता हुने बताउनुभयो । कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री सादनन्द मण्डलले नेपाल भ्रमणको लागि आउनु हुने पर्यटकहरुलाई कानूनले बर्जित गरेको भन्दा बाहेक अन्य कुनै किसिमको कठिनाई हुन नदिन अतिथि देबो भवःलाई साकार पार्न सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ गरिएको बताउनु भयो । कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेश सचिव राम प्रसाद शर्मा, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी लगायत प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, संचारकर्मीहरु तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो । मोरङको विराटनगर,रानी सिमा नाका, झापाको काँकरभिट्टा, सुनसरीको कोशीव्यारेज र इलामको पशुपतिनगर नाकाहरुबाट भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने पर्यटक सवार सवारी साधनहरुमा स्टिकर टाँस गरिने छ ।