प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ९ जना पक्राउ

२०८१-०२-०७

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार बेलुका साढे ६ बजे झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा रहेको एक रेष्टुरेण्टमा लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ५ का २६ बर्षीय कुन्दन कुमार शर्मा र भारतिय नागरीक २३ बर्षीय रोहित मुखियालाई २० ग्राम ४०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी सोही दिन मोरङको रतुवामाइ नगरपालिका-२ स्थित इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री रतुवामाई- ९ का २३ बर्षीय बिशाल थारु चौधरीलाई ट्रामाडोल, स्पास्मो र नाईट्राभेट गरि जम्मा ३५७ ट्याब्लेट नियन्त्रित औषधी सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३३ मिलिग्राम ब्राउनसगुर सहित बिराटनगर- १६ दरैयाबाट बिराटनगर- ११ की ३२ बर्षीया कल्पना राजभण्डारीलाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको हरिनगर गाउँपालिका-७ स्थित प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले को. ३८ प ८८९२ र को. १३ प ४२४५ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट श्रोत नखुलेको नेपाली नगद १० लाख ९ हजार २६० र भारु नगद १३० रुपैया, नियन्त्रित औषधी स्पासमो ३२ पिस गाँजा सहितको चिलिम १ थान र बिभिन्न कम्पनीको मोवाईल ५ थान बरामद गरेसगै मोटरसाईकलमा सवार देवानगंज-२ का २५ बर्षीय रहमान मियां, २४ बर्षीय सफराज मियां, २१ बर्षीय कुन्दन यादव, १९ बर्षीय विकास कुमार यादव र १८ बर्षीय प्रकाश कुमार यादवलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
१४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित ३ पक्राउ
२०८२-१०-२०

झापाको भद्रपुर नगरपालिका-८  स्थित भद्रपुर बिमान स्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित १ जना र  कारोवारमा संलग्न २ जनालाई काठमाण्डौ बुढानिलाकण्ठ-६ स्थितबाट प्रहरीले पक्राउ गरेको छ । माघ १९ गते साँझ झापाको भद्रपुर बिमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट काठमाण्डौं जान लागेकी हुम्लाको खार्पुनाथ गाउँपालिका-२ की २६ वर्षीया रोशनी बुढालाई १४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकी  रोशनी बुढालाई सोधपुछ तथा अनुसन्धानको क्रममा अन्य कारोवारी समेत काठमाण्डौमा रहेको भनि बताए अनुसार लागू औषध नियन्त्रण ब्युरो काठमाडौबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ बुढानिलाकण्ठ-६ स्थितबाट कारोवारमा संलग्न सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ का ३० बर्षीय सन्तोष बञ्जारा र रामेछाप दोरम्वार गाउँपालिका-५ का २१ बर्षीय थोर्मस तामाङलाई पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

क्यान्सर तथा स्त्रीरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८२-१०-१९

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरुलाई लक्षित गरी १ दिने क्यान्सर तथा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा प्रशिक्षण कार्यक्रम सन्चालन गरेको छ ।  माघ १९ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा बिराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर र कोशी प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत प्रहरी कर्मचारीहरुलाई  निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो भने अस्पतालका वरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा.अस्मिता रायमाझीले कुनै पनि रोगहरुलाई सुरुमै पहिचान गरी उपचार गर्न सकेमा रोगहरुबाट बच्न सकिने बताउदै क्यानसर रोगको पहिचान, उपचार पद्धति तथा सचेतना सम्वन्धि प्रशिक्षण प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले प्रहरी कर्मचारीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउनु हुने चिकित्सक टोली तथा विराट मेडिकल कलेजलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो । स्वास्थ्य शिविर तथा प्रशिक्षण कार्यक्रममा प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जना पक्राउ
२०८२-१०-१७

झापा,मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।माघ १६ गते झापाको लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-३ केर्खाका राजु ढकाललाई ८ ग्राम २३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित,इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरको याङबरक-६ का अनिश राई र सुनसरी धरान-१७ की लिला तामाङको साथबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी ९ ट्याब्लेट सहित र बिर्तामोड-४ का फणिन्द्र विश्‍वकर्माको साथबाट १ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले बिराटनगर-१६ स्थितबाट  लेटाङ-५ का मनोज परियारलाई ५ ग्राम ९० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डागाँबजार बेलबारीले बेलबारी-७ का मनिष मग्रातीलाई  प्रतिबन्धित औषधी ६३० ट्याब्लेट सहित पक्रउ गरेको छ ।त्यसैगरी सुनसरीको धरान-१९  स्थितबाट इलाका प्रहरी कार्यालय धरानले सोही स्थानका सुजन लिम्बुको साथबाट १ ग्राम ४० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ ।पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

झापा, मोरङ र धनकुटा जिल्लाको बिभीन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ
२०८२-१०-१६

झापा, मोरङ र धनकुटा जिल्लाको बिभीन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ भुटानी शरणार्थी सिविरका २८ वर्षिय अरुष दासको साथबाट १ ग्राम २७० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले बिराटनगर-१५ एक नंम्बर ढाट स्थितमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको पैदल यात्री माथी शंका लागी चेकजाँच गर्दा दमक-४का एलिस कार्कीको साथबाट ९ ग्राम ३५० मिलिग्राम लागु औषध ब्राउन सुगर फेलपारी नियन्त्रणमा लिएको छ । त्यसैगरी धनकुटाको प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले साँगुरिगढी-५ स्थितमा को २२ प १०३९ नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा बोरामा १२ किलोग्राम लागु औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको छ भने चालकको खोजी कार्य भई रहेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जना पक्राउ
२०८२-१०-१६

भोजपुरको हतुवागढी गाँउपालिका-९ मचुवा स्थितबाट ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १५ गते बिहान प्रहरी चौकी हसनपुर भोजपुरबाट प्रहरी टोलीले हतुवागढी गाँउपालिका-९ मचुवा मचुवादेखि धनकुटाको अखुवाटार तर्फ लैजादै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा डिकि भित्र ४३ वटा बोरामा राखेको ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बरामद गरी आमचोक-९का रुद्र बहादुर श्रेष्ठ , निशान मगर, नीर बहादुर श्रेष्ठ,धनकुटाको सहिदभूमि-२का सुदिप पुर्कुटी, निल कुमार मगर, किशोर बिसुन्के, बिर्ख बहादुर बिसुन्के ,दिप कुमार बिसुन्के र ताप्लेजुङको मिरिङ्डेन-६का लाक्पा शेर्पालाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा अर्धवार्षिक कार्य सम्पादन समिक्षा
२०८२-१०-१५

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा अर्धवार्षिक कार्य सम्पादनको समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । माघ १५ गते भएको समिक्षा कार्यक्रममा कार्य सम्पादन सम्झौता बमोजिम ६ महिनाको अवधिमा प्रहरी कार्यालयहरुद्वारा सम्पादन गरिएका कार्य प्रगति बिवरण सम्बन्धि समिक्षा भएको थियो । समिक्षामा प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट १४ वटै जिल्लाहरुको कार्यसम्पादनको तुलनात्मक प्रस्तुति गर्नु भएको थियो । ‌* समिक्षा कार्यक्रममा Virtual माध्यमद्वारा उपस्थित जिल्ला प्रहरी प्रमुखहरुलाई प्रदेश प्रहरी प्रमुख घिमिरेले प्रहरी गस्तीलाई प्रभावकारी बनाउन, फरार प्रतिवादी पक्राउ, पेण्डिङ मुद्दा तथा चालु मुद्दाको फछर्यौट कार्यलाई प्रभावकारीरुपमा सम्पादन गरी लक्ष हासिल गर्न निर्देशन दिनु भएको छ । * निर्वाचन सुरक्षा योजना अनुरुप प्रहरी परिचालन, निर्वाचन आचार संहिताको पालना, छनौट भएका निर्वाचन प्रहरीहरुलाई आवश्यक तालिम तथा व्यवस्थापन, शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिको निगरानी तथा प्रहरी कारवाही, सिमा नाकाहरुमा प्रभावकारी चेकजाँचको व्यवस्था मिलाउने लगायतका विषयमा जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।