प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

६९० किलोग्राम लागुऔषध गाँजा सहित ४ जना पक्राउ

२०८१-०२-०२

  • A
  • A-
  • A+
Share

सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका-५ मेहेता टोलको भित्री सडक खण्डबाट को. १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको थियो ।

ट्रकबाट गाँजा बरामद भएसंगै चालक भिमफेदी नगरपालिका-१४ मकवानपुरका २५ बर्षीय चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका-६ मोरङका बल बहादुर लिम्बु र देवानगञ्ज गाउँपालिका-४ का ३० बर्षीय अरबिन्द पाललाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भारतिय रुपैयाँ १ लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोवायल सेट समेत बरामद गरेको छ ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१७ ICP रोडमा काँचो केरा बोकेको प्रदेश १-०२-०२ च. ६३३१ नम्बरको पिकप भेनबाट केरा सहित गाँजा अनलोड गर्दे गरेको भन्ने बिशेष सूचनाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त  पिकप भेनबाट २५० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाँउपालिका-३ धनकुटाका १८ बर्षीय दिवस राईलाई समेत पक्राउ गरीएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


सम्बन्धित समाचार
लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-१४

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८ ग्राम १ सय १६ मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न मोरङ उर्लाबारी-१ का २४ बर्षीय किरण विश्वकर्मा, इटहरी- ६ का ३६ बर्षीय प्रविन तामाङ, सुन्दरहरैचा- ६ का २४ बर्षीय कुमार राई, इटहरी- १७ का २९ बर्षीय सोबित तामाङलाई पक्राउ गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-१ बाट ५० बर्षीय राजु शर्मालाई उनको घर नजिकै बाख्राको खोरमा लुकाई छिपाई राखेको ट्रामाडोल २ हजार १ सय क्याप्सुल र स्पास्मो प्रोक्जिभन ५ सय ४० ट्याव्लेट सहित राजु शर्मा र उनको श्रीमती ३२ बर्षीया रिता शर्मालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८२-०४-१४

तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्राबिधिक प्रहरी नायव निरीक्षक पदबाट प्राबिधिक प्रहरी वरिष्ठ नायव निरीक्षक, प्राबिधिक प्रहरी सहायक निरीक्षकबाट प्राबिधिक प्रहरी नायव निरीक्षक पदमा र प्राबिधिक प्रहरी सहायक हवल्दार पदबाट प्राबिधिक प्रहरी हवल्दार पदमा पदोन्नती हुनुभएका प्रहरी कर्मचारीहरुलाई निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । साउन १४ गते आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले पदोन्नती हुनु हुने प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हले सुशोभन गर्नुका साथै बधाई तथा शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोख्रेल, प्रहरी उपरीक्षक आ. हरी डंगोल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक पक्राउ
२०८२-०४-१३

मोरङको केरावारी गाउँपालिका-७ स्थितमा रहेको मुगु मेडिकलबाट प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक बेलबारी नगरपालिका-८ का २८ बर्षीय मनिष कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते बिहान मेडिकलबाट प्रतिबन्धित लागू औषधीको कारोबार भईरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त मेडिकल खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा डिकोलिक ४ हजार ५ सय ट्याव्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित लागू औषधी सहित पक्राउ परेका कुँवरको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा ६ लाख १६ हजार भन्दा बढी सडक प्रयोगकर्ताहरुलाई ट्राफिक सचेतना, ट्राफिक नियम उलंघन गर्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधन कारवाही, १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैया राजश्व संकलन ।
२०८२-०४-१३

कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणका लागी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी तथा प्रत्यक्ष मातहतमा रही कार्य संचालन गर्ने १४ वटा जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सहित ९६ वटा ट्राफिक प्रहरी इकाईहरुबाट दैनिकरुपमा ट्राफिक व्यवस्थापकिय कार्यहरु सम्पादन गरिदै आईरहेको छ । ट्राफिक व्यवस्थानपन तथा सडक दुर्घटनाबाट हुने मानविय तथा भौतिक क्षेतिलाई न्यूनीकरण गर्न बिभिन्न सरोकारवाला निकायहरुसंगको समन्वय र सहकार्यमा ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा कोशी प्रदेशका बिभिन्न स्थानमा २६ हजार २९३ पटक ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । जसबाट ६ लाख १६ हजार भन्दा बढी सवारी चालक, आम सडक प्रयोगकर्ता तथा बिद्यार्थीहरु लाभान्वित भएका छन । ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी कोशी प्रदेशका मुख्य तथा सहायक मार्गहरुमा ९३२ स्थानमा सिसि क्यामेरा जडान गरीएको छ भने झापाको झिलझिले, बिराटनगरको दुधफारम र खार्जीमा नम्वर प्लेट डिटेक्टर (ANPR) सहितको सिसि क्यामेरा जडान गरिएको छ ।  लामो दुरीको सवारी साधन तथा भारतिय नम्वर प्लेटको सवारी जाँचको लागि ६ स्थानमा ट्राफिक कम्युनिकेशन एप सहितको चेकजाँच, सार्वजानिक सवारी साधनको गति नियन्त्रणको लागि २१ स्थानमा टाईम कार्ड ईन्ट्री, ट्राफिक जरिवानालाई पारदर्शी बनाउन TVRS  र E-challan लागु गरिएको छ भने,  लागु पदार्थ तथा मादक पदार्थ सेवनबाट हुने दुर्घटनालाई न्युनिकरण गर्न कडाईका साथ लापसे र मापसे जाँच तथा तिव्र गतिबाट हुने दुर्घटना न्यूनीकरणको लागी राडरगन सहितको चेकजाँचको व्यवस्था मिलाईएको छ । सवारी निययम उलंघन गर्ने सवारीलाई कार्वाही तथा दुर्घटना न्युनिकरणको लागि दैनिक २३९ भन्दा बढी स्थानमा संयुक्त तथा एकलरुपमा चेकजाँच गरिदै आएको छ ।हेर्दा सामान्य लाग्ने तर त्यही सामान्य लापरवाहीको कारण  हुने दुर्घटनाबाट ठुलो जन धनको क्षति हुन पुग्दछ । तिब्र गतिमा सवारी चलाउनु, सवारी चलाई रहेको बेला मोवायल फोनको प्रयोग गर्नु, सिट क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउनु, भार वहन क्षमता भन्दा बढी सामान ढुवानी गर्नु, हेलमेटको फिता नबाँध्नु, सिट बेल्ट नलाउनु, मादक पदार्थ तथा लागू पदार्थको प्रयोग गरेर सवारी साधन चलाउनु, थकित अवस्थामा सवारी चलाउनु, यान्त्रिक अवस्था ठिक नभएको सवारी चलाउनु, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउनु, सडक प्रयोगकर्ताले जथाभावी बाटो काट्नु आदि जस्ता लापरवाहीहरुले नै दुर्घटना हुने गर्दछन । हाल सम्मको तथ्याङकलाई हेर्ने हो भने सवारी दुर्घटनामा चालकको लापरवाही नै मुख्य कारण रहेको पाईन्छ । यसरी लापर्वाही पुर्वक सवारी साधन चलाउदा र लापरवाही पुर्वक सडक प्रयोग गर्दा आर्थिक बर्ष २०८१/०८२ मा कोशी प्रदेशमा ४१८ जनाको  ज्यान गएको छ भने  ७ सय ११ जना गम्भिर र ८ हजार ५ सय ३० जना सामान्य घाईते भएका छन ।ट्राफिक नियम आफ्नै लागी हो, ट्राफिक नियमको पालनाले सवारी चालक, सडक प्रयोगकर्ता, सवारी साधनमा सवार यात्रु सवै सुरक्षित हुन्छन, सवैको सुरक्षित यात्राको लागी ट्राफिक प्रहरी सदैव सडकमै हुन्छ । ट्राफिक प्रहरीले निरन्तररुपमा चालक, सह-चालक, सडक प्रयोगकर्ता, बिद्यार्थी, अभिभावक लगायत सवैमा ट्राफिक नियमको वारेमा प्रशिक्षण प्रदान गर्दै आईरहेको छ । यसरी ट्राफिक नियमको वारेमा जानकार हुँदा हुदै पनि लापरवाही पुर्वक सवारी साधन चलाई ट्राफिक नियम उलंघन गर्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरी १६ करोड २९ लाख ७१ हजार ५ सय ५१ रुपैया राजश्व संकलन गरेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी एक्लैको प्रयास भने अपुग नै हुन्छ । सवारी चालक तथा सडक प्रयोगकर्ता सबैले ट्राफिक नियमको पालना गरेमा सवारी दुर्घटना न्यूनीकरण अवश्य हुन्छ । ट्राफिक प्रहरी, सडक बिभाग, यातायात व्यवस्था बिभाग लगाएत सरोकार वाला सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो भने सवारी दुर्घटनामा निश्चय नै कमी  आउने छ । अनमोल जीवन सुरक्षित बनाऔ, ट्राफिक नियमको पालाना गरौं, सुरक्षित यात्राको लागी सवैले आ-आफ्नो जिम्मेवारी पुरा गरौ । ‘म’ जिम्मेवार चालक, ‘हामी’ जिम्मेवार यात्रु, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी  ।