प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु

२०८१-०२-०२

  • A
  • A-
  • A+
Share

झापाको दमक नगरपालिका -३ स्थित भित्री सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे ताराबारीबाट गोलाटार तर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प ८७३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक झापाको मेची नगरपालिका-५ का ३० बर्षीय सुनिल लावती घाईते भई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको थियो भने घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार
लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८१-०५-२१

लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ बिराटनगर, भदौ २१ गते । झापा, इलाम र भोजपुरबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भादौ २० गते  लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट भारत वेष्टबंगालका २२ बर्षीय मनोज शर्मालाई १ ग्राम, मोरङ बेलबारी नगरपालिका-४ का २८ बर्षीय बिरेन लोवालाई १० ग्राम, दमक नगरपालिका-९ का २४ बर्षीय तिलक मग्रातीलाई १ ग्राम र सप्तरी सुरुङ्गा नगरपालिका-१ का २२ बर्षीय एलन बिष्टलाई ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी भोजपुरको प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका-९ का ३१ बर्षीय जसिन राईलाई ३ ग्राम ७६ मिलि ग्राम ब्राउन सुगर सहित र इलामको प्रहरी चौकी दानाबारीले माई नगरपालिका-१ का ३५ बर्षीय तिर्थ गिरीलाई १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०५-१९

मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १८ गते दिउँसो मोरङको बिराटनगर-१६ दरैया स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी दुहबी नगरपालिका-११ का २३ बर्षीय इसान चौधरीलाई ३ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पथरीले शनिश्चरे नगरपालिका-३ का ३५ बर्षीय कमल लिम्बु र २१ बर्षीय पवन बिश्वाकर्मलाई २ सय ५० ग्राम गाँजा सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट रेल्वेले धरान-११ का २१ बर्षीय अंकित तामाङ, धरान- १७ का २१ बर्षीय रवीन राई र धरान-१६ का ३० बर्षीय विशाल लिम्बुलाई २३० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी सिधुवा धनकुटाले छथर जोरपाटी गाउँपालिका-५ का २२ बर्षीय लक्षु शेर्पा, मोरङ सुन्दरहरैचा नगरपालिका-८ का २१ बर्षीय प्रबेश लिम्बु र सुन्दरहरैचा- ९ की २० बर्षीया सलिना क्षेत्रीलाई निषेधितऔषधी ट्रामाडोल र डिकोलिक १४१ ट्याब्लेट सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ट्याक्टरले किच्चेर १ जनाको मृत्यु
२०८१-०५-१९

संखुवासभाको चैनपुर नगरपालिका-२ ताङ्लेवा स्थितमा ट्याक्टरले किच्चेर १ जनाको मृत्यु भएको छ । भदौ १८ गते दिउँसो साढे २ बजे खाद्यान्न सामग्री बोकेर सिद्धपोखरीबाट चित्लाङ तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १७६३ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय १९ बर्षीय लिला बहादुर तामाङ ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किची घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालक उदयपुर चौदण्डीगढी नगरपालिका- १ का २७ बर्षीय संजीब राईलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०५-१८

मोरङ, उदयपुर र खोटाङबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते साँझ साढे ५ बजे मोरङको बिराटनगर महानगरपालिका १७ स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री १८ स्थानीय मो. सज्जाद र २५ बर्षीय मो. रब्बानीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुको साथबाट ७९ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ७ प ५७२० नम्बरको मोटरसाईकल चालक त्रियुगा नगरपालिका ११ का १८ बर्षीय सविन राईलाई नियन्त्रीत आषधी बुप्रिनोर्फिन, फेरानागन, डाइजेपाम गरी जम्मा २४ एम्पुल र नाइट्राभेट २२ ट्याब्लेट सहित पक्राउ गरिएको हो । त्यस्तै प्रहरी बिट रत्नपार्क खोटाङबाट दिक्तल रुपाकोट मझुवागढी नगरपालिका-२ स्थितमा खटिएको प्रहरी टोलीले दिक्तेल रुपाकोट मझुवागढी-१४ का १८ बर्षीय आश्रेय राई, २५ बर्षीय सिजन राई, दिक्तेल रुपाकोट मझुवागढि-२ का २२ बर्षीय प्रदिप राई र दिक्तेल रुपाकोट मझुवागढि- ४ का २० बर्षीय मिलन राईलाई ट्रमाडोल-५२ क्याप्सुल, डिकोलीक-१४ पिस, नाईड्रभेट- १ पिस र कोलिबन-३ पिस सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।