कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछी पक्राउ
२०८१-०१-१३
- A
- A-
- A+
कर्तब्य ज्यान मुद्धामा फरार रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरले १ जनालाई घटना भएको १७ बर्ष पछी पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । २०६३ साल कार्तिक १४ गते साविक भैसिपंखा गाबिस र हाल भोजपुर नगरपालिका-१० का ४४ बर्षीय निमा दावा शेर्पा छिमेकी चन्द्र बहादुर तामाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको घटनाका आरोपित ६० बर्षीय तामाङलाई खोजतलास गर्ने क्रममा घटना भएको १७ बर्ष पछी २०८१ साल बैशाख ११ गते सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेको हो । उक्त घटनाका अर्का आरोपित स्थानीय बाल कुमार तामाङ हाल फरार रहेकोमा खोजतलास भईरहेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।