अवैध समान बरामद
२०८०-१२-२७
- A
- A-
- A+
झापा र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छली अवैध रुपमा नेपाल भित्र्याउदै गरेको सामान प्रहरीले बरामद गरेको छ । सिमावर्ती क्षेत्रहरुमा जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउदै गरेको बिभिन्न प्रकारका रेडिमेट कपडा, माछा, क्याटाई स्टिकर, किराना लगायत खाद्यान्नका सामानहरु गरी अन्दाजी ३ लाख १२ हजार बराबरको समान बरामद गरेको हो । बरामद भएका समानहरु आवश्यक कारवाहीको लागी सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाईएको छ ।