सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८०-११-२०
- A
- A-
- A+
मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित मदन भण्डारी लोक राजमार्गमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र २-०१-००२ प २०२८ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानिय ५४ बर्षिय बिदुर रेग्मीलाई ठक्कर दिँदा घाईते भएकोमा उपचारको क्रममा न्युरो अस्पताल बिराटनगमा राती साढे ११ बजे मृत्यु भएको थियो भने मोटरसाईकल चालक चौदन्डीगढी नगरपालिका-६ का २४ बर्षिय अमद कुमार दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । यसैगरी शनिबार दिउँसो पौने १ बजे मोरङको सुन्दरहरैचा नगरपालिका- ७ ठडिया स्थित पुर्व पश्चिम राजमार्गमा ईटहरीबाट बेलबारीतर्फ आउदै गरेको प्र १-०१-००१ ख ४०३४ नम्बरको बसले पैदल हिडिरहेको अवस्थामा भारतको लुवाघाट बस्ने ५२ बर्षिया मिरा कुमारी श्रेष्टलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते उनलाई उपचारकोलागी बिराटटिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो भने बस र चालक झापाको बिर्तामोड नगरपालिका-४ का ४० बर्षिय प्रेम भट्टराईलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।