अवैध सामान बरामद
२०८०-११-१८
- A
- A-
- A+
झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ती क्षेत्रहरुमा खटिएको प्रहरीको गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको रेडिमेट कपडा, कुर्ता सुरुवाल, सुर्ती, खाद्यान्न तथा कस्मेटिक्स लगायतका सामानहरु बरामद गरेको हो । बरामद गरिएका करिव १ लाख ७० हजार रुपैया बराबरको सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाईएको छ ।