प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र एम्पुल सहित ११ जना पक्राउ
२०८०-११-१३
- A
- A-
- A+
मोरङ, झापा र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट शनिवार दिउँसो प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र एम्पुल सहित ११ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अनुसार परिचालन भएको प्रहरी टोलीले बेलबारी-२ का २४ बर्षीय निशान लिम्बु, बेलवारी-६ का २३ बर्षीय धिरज राई, ईटहरी-२ का २८ बर्षीय बिमल सुब्बा लिम्बु, केराबारी-८ का २३ बर्षीय बिक्रम कार्की, २२ बर्षीय लक्ष्मण कट्वाल, धरान-१७ का २२ बर्षीय सनम परियार, धरान-१५ का २१ बर्षीय राम परियार, ४३ बर्षीय रुबिन श्रेष्ठ, २९ बर्षीय कुमार खत्री, धरान-५ का २४ बर्षीय थाम बहादुर बि.क. र २४ बर्षीय अर्जुन बि.क.लाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले लागुऔषध ट्याब्लेट ५ हजार १ सय ६४ पिस, एम्पुल ९८ पिस, ब्राउनसुगर ८ ग्राम र नगद अन्ठानब्बे हजार ५ सय तथा बिभिन्न ब्यक्तिको नामका १३ थान नेपाली नागरीकता समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।