फरार प्रतिवादी पक्राउ
२०८०-११-०९
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लेनदेन विगो मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।०९।१३ गतेको फैसला आदेशाले १ बर्ष कैद सजाय भई फरार रहेका बिराटनगर- ६ का ४६ बर्षीय शंकर सहनीलाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्मानित जिल्ला आदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको छ ।