प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय ईलामको निरीक्षण भ्रमण

२०८०-१०-२५

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले जिल्ला प्रहरी कार्यालय ईलामको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, मेस, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन र नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणकै क्रममा वहाँले पर्यटकिय क्षेत्र, धार्मिक स्थल भएको पहाडी जिल्ला ईलाममा शान्ति सुरक्षा कायम राख्न विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा अपराधिक गतिबिधि नियन्त्रण गर्नको लागि कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । साथै वहाँले ईलाम जिल्लाका स्थानिय जनप्रतिनिधि, सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, नागरीक समाज, पुर्व प्रहरी तथा संचारकर्मीहरु लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्नु भई अन्तरक्रिया तथा छलफल समेत गर्नु भएको थियो ।

सम्बन्धित समाचार
दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिमको उद्‍घाटन
२०८१-१२-१९

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training) दोस्रो समुहको उद्‍घाटन भएको छ । चैत्र १९ गते दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिमको उद्‍घाटन कार्यक्रमका प्रमुख अतिथि एवं तालिम संयोजक दुर्गा प्रसाद दाहालले लागूऔषध दुर्व्यसन मुक्त समाजको निर्माण आजको आवश्यकता रहेको बताउदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश भरी संचालनमा ल्याएको लागूऔषध दुर्व्यवसन बिरुद्ध अभियान FAN (Fight Against Narcotic) कार्यक्रमलाई प्रभावकारीरुपमा विद्यालय तथा समुदाय स्तरमा संचालन गरी दुर्व्यसन विरुद्ध सचेतनामा अभिवृद्धी गराई परिवार, समुदाय हुदै सिंगो राष्ट्रलाई दुर्ब्यसन मुक्त राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको बताउनु भयो । उक्त तालिममा कोशी प्रदेशका मातहत कार्यालयहरुमा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी जवान दर्जा सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।  

सवरी दुर्घटनाबाट १ जनाको मृत्यु
२०८१-१२-१९

सुनसरी ईनरुवा नगरपालिका-६ स्थित पुर्व पश्चिम लोकमार्गमा सवरी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । चैत्र १८ गते ना. ६ ख २९३१ नम्बरको बसले को. २५ प ३३७८ नम्बरको मोटरसाइकलाई ठक्कर दिई दुर्घटना हुँदा  मोटरसाईकल चालक हरिनगर गाँउपालिका-३ का ४६  महेश कुमार मेहता र पछाडि सावर सुनसरी देवानगंज-२ का ५७ बर्षीय गुगली मेहता घाईते भई तत्काल उपचारको लागी  जिल्ला अस्पताल सुनसरी पुर्‍याईएकोमा उपचारको क्रममा महेश कुमार मेहताको मृत्यु भएको हो ।दुर्घटनामा संलग्न सवारी र चालक सिराहा लाहान- ३४ बर्षीय  सुर्य नारायण चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरीरहेको छ । 

प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ
२०८१-१२-१८

झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र १७ गते प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका-११ नँया बसपार्क स्थितबाट अस्थायी प्रहरी पोष्ट नँया बसपार्कको प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गाउँपालिका-२ की १९ बर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट कमल गाउँपालिका-४ का ३८ बर्षीय संयोग बस्नेत र दमक नगरपालिका-८ का ३४ बर्षिय अंकित कार्कीलाई ९ ग्राम ७ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ठ विजयपुरबाट खटिएको प्रहरीको टोलीले धरान उप-महानगरपालिका-१४ की १८ बर्षीया आकृती परियारलाई निजकै घरको कोठाबाट लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल, प्रतिबन्धित औषधी स्पास्पेन ११७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको ईनरुवा नगरपालिका-९ का ३६ बर्षीय जितेन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय लौकही सुनसरीले नियन्त्रणमा लिएको हो । यसका साथै लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले मोरङ केराबारी गाउँपालिका-६ का ३५ बर्षीय युवराज कटुवाललाई बिराटनगर महानगरपालिका-१६ स्थितबाट ३ ग्राम २५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी कोठुबाट खटिएको संयुक्त प्रहरी टोलीले बेलका नगरपालिका-८ आराङ्गा स्थित भित्रि सडक खण्डमा जेब्रा झोलामा बेबारीसे अवस्थामा राखिएको १५ किलो लागुऔषध गाँजा फेलापारी बरामद गरको थियो ।

वेवारीसे अवस्थामा रहेको गाँजा वरामद
२०८१-१२-१७

उदयपुरको बेलका नगरपालिका-६ स्थित खोला किनारमा वेवारीसे अवस्थामा रहेको गाँजा प्रहरीले बरामद गरेको छ । चैत्र १६ गते  विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले मुर्ती खोला किनारमा बोराभित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा (३९ पोका) वेवारीसे अवस्थामा फेला पारेको हो । वरामद भएको उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याईएको र ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान कार्य भईरहेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका-१२ का रोहित झा र विवेक बि.क.लाई प्रतिवन्धित लागूऔषध ट्याव्लेट ६० चक्की सहित  पक्राउ गरेको छ ।

वेवारीसे अवस्थामा रहेको गाँजा वरामद
२०८१-१२-१७

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यदिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training)  प्रथम समुहको उद्‍घाटन भएको छ । चैत्र १७ गते तालिम उद्‍घाटन कार्यक्रममा प्रमुख अतिथि एवं तालिम संयोजक प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद दाहालले लागूऔषध दुर्व्यसन मुक्त समाजको निर्माण आजको आवश्यकता रहेको वताउदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश भरी संचालनमा ल्याएको लागूऔषध दुर्व्यवसन बिरुद्ध अभियान FAN (Fight Against Narcotic) कार्यक्रमलाई प्रभावकारीरुपमा विद्यालय तथा समुदाय स्तरमा संचालन गरी दुर्व्यसन विरुद्ध सचेतनामा अभिवृद्धी गराई  परिवार, समुदाय हुदै सिंगो राष्ट्रलाई दुर्ब्यसन मुक्त राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको बताउनु भयो । वहाँले तालिममा सिकेका ज्ञान र शिपलाई कार्यक्षेत्रमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकाय तथा संघ संस्थाहरूसंगको समन्वय र सहकार्यमा दुर्ब्यसन विरूद्धको अभियानलाई सशक्त बनाई सुरक्षित समाज निर्माण कार्यमा प्रहरीको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ । उक्त तालिममा पहिलो चरणमा कोशी प्रदेश अन्तरगत रहेका झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा र इलाम जिल्लामा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी जवान दर्जा सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।

दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षणको समापन तथा अन्तरकृया
२०८१-१२-१७

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training)  प्रथम समुहको समापन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । चैत्र १७ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको समापन तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधनको क्रममा वहाँले अवको युद्ध दुर्व्यसन विरुद्ध भन्ने नाराका साथ यही फाल्गुन २८ गतेबाट सुनसरीको इटहरीमा माननीय मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा समुद्‍घाटन भई कोशी प्रदेश भरी प्रभावकारीरुपमा संचालन भईरहेको लागूऔषध दुर्व्यसन विरुद्धको अभियान (FAN) लाई व्यवस्थित तथा प्रभावकारी बनाउन तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यका साथ  FAN DESK मा रहने प्रहरी कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिईएको वताउनु भयो ।  लागूऔषधको प्रयोग तथा ओसार पसारका कारणबाट भएको अपराधका घटनाको विश्लेषण गर्दै समाजमा हुने अपराधका घटनाहरु न्यूनीकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत सरोकारवाला निकाय तथा संघ संस्थाहरूसंगको समन्वय र सहकार्यमा बिद्यालय तथा समुदाय स्तरमा लागूऔषध दुर्व्यसनी विरुद्ध प्रभावकारीरुपमा सचेतना प्रदान गर्न र युवा वर्गलाई समेत प्रशिक्षण दिई  उनिहरुको अगुवाईमा सशक्तरुपमा दुर्व्यसन विरुद्ध कार्यक्रमहरु संचालन गर्न प्रशिक्षक प्रशिक्षार्थीहरुलाई हृदय देखि नै अनुरोध गर्नु भयो । वहाँले प्रशिक्षक प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै FAN कार्यक्रमहरुमा वितरण गर्नको लागी FAN लोगो अंकित टि-सर्ट जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीबाट प्रशिक्षक प्रशिक्षणको लागी आउनु भएका प्रहरी अधिकृतहरुलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कोशी प्रदेशबाट प्रतिनिधिकोरुपमा पाल्नु भएका अधिकृत खगेन्द्र पोखरेल र FAN अभियान सुनसरीका शम्भु अधिकारीले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल सहित सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।