क्यान्सर रोग सम्बन्धी सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
२०८०-१०-१०
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजना र विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल टंकिसिनवारी मोरङको सहकार्यमा एक दिने क्यान्सर रोग सम्बन्धी सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रहरी कर्मचारीहरु र प्रहरी परिवारका सदस्यहरुलाई लक्षित गरी संचालन गरिएको सचेतना मुलक कार्यक्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका डा. अस्मिता रायमाझी र डा. सुभेक्षा पाण्डे कार्कीले क्यान्सर रोगको पहिचान र उपचार पद्दतीको बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणको क्रममा वहाँहरुले क्यान्सर रोग लाग्न नदिन अपनाउन पर्ने सावधानीका उपयाहरु र शंका लागेमा तत्काल सम्बन्धित चिकित्सकसंग परामर्श लिन सुझाव समेत दिनु भएको थियो । उक्त कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरुले आ-आफ्नो जिज्ञासा समेत राखेका थिए । कार्यक्रममा मेडिकल कलेजका डाक्टर सहितको टोली, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृतहरु तथा प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।