लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ
२०८०-१०-०९
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT)बाट खटिएको प्रहरी टोलीले आज १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीको २०७९ चैत्र ९ गतेको फैसला आदेशले लागुऔषध मुद्धामा ३ महिना कैद सजाय तोकिएका धरान-१० का ४२ बर्षीय राजन शाक्यलाई खोजतलास गर्ने क्रममा गाँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका शाक्यलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाईएको छ।