फरार प्रतिबादी पक्राउ
२०७८-०७-२९
- A
- A-
- A+
लागु-औषध मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका ३ पुरानोबजार ३१ बर्षीय आकाश भन्ने कमल सहनीलाई पक्राउ गरि कारागार चलान गरिएको छ ।
सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७४ असार ७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १० महिना १५ दिन कैद र रु.१,००,०००।– (एक लाख) जरिवाना भई लगत नं.- ८०२४ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सहनीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T समुहबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरि आज सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको हो ।