बिभिन्न मुद्धाका ११ जना फरार प्रतिवादी पक्राउ
२०८०-०९-१८
- A
- A-
- A+
सम्मानित जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत खोटाङ, सोलुखुम्बु र पाँचथर जिल्लाबाट विभिन्न मुद्धाका ११ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले सम्मानित खोटाङ जिल्ला अदालतको बिभिन्न मितिको फैसला आदेशले सम्बन्ध बिछेद मुद्धामा दित्तेल रुपाकोट मझुवागढी- ६, ७ र ११ का सन्जु राई, बिरबोल राई र कृष्ण बहादुर तामाङ, परिक्षाको मर्यादा भंग गरेको मुद्धामा हलेसी तुवाचुङ नगरपालिका- ३ का राम राई र श्याम राज राई, करकापमा पारी कागज गराईएको मुद्धामा साकेला गाउँपालिका- २ का धन बहादुर खत्री र सवारी अंगभंग मुद्धामा हलेसी तुवाचुङ नगरपालिका- ११ का महेश दर्जिलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो । त्यस्तै सम्मानित सोलुखुम्बु जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना बेरुजु रहि फरार रहेका अभद्र ब्यवहार मुद्धामा माप्यदुधकोशी गाउँपालिका- ४ का २९ बर्षीय जिबन बस्नेत र नेचासल्यान गाउँपालिका- १ का ३३ बर्षीय प्रदिप बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी जिल्ला अदालत पाँचथरको बिभिन्न मितिको फैसला आदेशले केही सार्वजानिक अपराध मुद्धामा जरिवाना तोकिएका फिदिम नगरपालिका- २ की २४ बर्षीया सन्देश भन्ने एलिया जवेगु र २५ बर्षीय सुमन थाम्सुहाङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएकोमा छ ।