फरार प्रतिवादी पक्राउ
२०८०-०९-१७
- A
- A-
- A+
सुनसरी र भोजपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट चोरी मुद्धा र कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०८०।०१।१३ गतेको फैसला आदेशले ३ महिना कैद र ७ हजार रुपैया जरिवाना भई फरार रहेका दुहवी नगरपालिका- २ का शम्भु साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धामा सम्मानित भोजपुर जिल्ला अदालतको मिति २०६१।०५।२८ गते भएको फैसला आदेशले ३ बर्ष कैद भएका टेम्केमैयुङ गाउँपालिका- ५ का ४६ बर्षीयु पुर्णहाङ राईलाई खोजतलास गर्ने क्रममा ललितपुर महानगरपालिका- २५ भैंसेपाटीमा लुकीछिपी बसेको अवस्था फेला पारी पक्राउ गरेको हो । पक्राउ गरेको दुबैजनालाई सम्मानित अदालतहरुमा उपस्थित गराएकोमा तोकिएको कैद तथा जरिवना भुक्तानको लागि जिल्ला कारगार पठाईएको छ ।