मातहत प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा कार्य सम्पादन समिक्षा तथा आवश्यक निर्देशन
२०८०-०९-११
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहत जिल्ला प्रहरी प्रमुखहरु, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा मंसिर महिनाको कार्य सम्पादन समिक्षा गर्नुका साथै आवश्यक निर्देशन दिनु भएको छ । नेपाल प्रहरी कार्ययोजना २०८० लाई प्रभावकारी बनाउने उद्धेश्य अनुसार कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरुबाट मंसिर महिना सम्म गरिएका कार्य सम्पादन सम्झौता सम्बन्धि भएका प्रगति बिवरण सम्बन्धमा छलफल तथा अन्तरक्रिया गर्नु भई सो सम्बन्धमा आवश्यक निर्देशन समेत दिनु भएको हो ।
कार्य सम्पादन समिक्षा तथा प्रगति विवरण अन्तरगत दर्ता भएको कसुरको फर्छौट, फरार प्रतिवादी पक्राउ, पेन्डिङ मुद्धाको सफल अनुसन्धान तथा फर्छौट, सम्वेदनशील इलाकाहरुमा थप सिसि क्यामेरा जडान, समुदाय साझेदारी कार्यक्रम अन्तरगत बिभिन्न सचेतना कार्यक्रम, सवारी दुर्घटना न्युनिकरण विशेष पहल तथा सचेतना लगायतका बिभिन्न बिषयहरुमा जिल्ला प्रहरी कार्यालयहरुबाट गरिएका कार्यहरुको जिल्लागत समिक्षा गरिएको थियो ।
कार्य सम्पादन सम्झौता अनुसार अनिवार्य कार्यान्वय गर्नु पर्ने, सम्पुर्ण प्रहरी कर्मचारीले संगठनको श्रीबृद्धीको लागि बिभागिय आदेश निर्देशनको पुर्णरुपमा पालना गरी कार्य गर्नु पर्ने, आम नागरिकहरुमा सचेतना अभिबृद्धिको लागि स्थानिय जनप्रतिनिधि, नागरिक समाजहरु संग समन्वय गरी प्रभावकारीरुपमा कार्यक्रम संचालन गर्नु पर्ने, जिल्लामा खटिएका ग्रामिण गस्ती तथा लामो गस्तीहरुको प्रभावकारीतामा बिशेष ध्यान दिने, प्रहरीले अनिवार्यरुपमा आम नागरिकको हरेक समस्याहरुमा अग्रणीरुपमा प्रभावकारी भुमिका निर्वाह गर्ने, अल्पसंख्यकसंग प्रहरी कार्यक्रम प्रभावकारीरुपले संचालन गर्ने, भिक्टिम रिभिजिट कार्यक्रमलाई जिल्लाहरुले प्राथमिकताका साथ संचालन गर्ने, गुनासो सुनुवाईको लागि प्रदेश प्रहरी कार्यालयले कार्यान्वयनमा ल्याएको क्युआर कोडको प्रयोग आम नागरिकमा जानकारी गराउने तथा कार्यसम्पादन सम्झौता र कार्ययोजना अनुसार प्रहरीको दैनिक कार्यलाई तिब्रताका साथ नागरिक सेवामा खटिई समाजमा शान्ति सुरक्षा स्थापित गर्न निर्देशन दिनु भएको थियो ।