फरार प्रतिवादी पक्राउ
२०८०-०८-२५
- A
- A-
- A+
झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट आगो लगाएको मुद्धा र ठगी मुद्धाका दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आगो लगाएको मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको लगत नम्बर ८१२२ ले ५ महिना ६ दिन कैद भई फरार रहेका बिराटनगर महानगरपालिका- १८ का ३७ बर्षीय राजेश भगत कल्वारलाई ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यसैगरी ठगी मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७३।१२।०९ गतेको फैसला आदेश अनुसार ४ महिना २८ दिन कैद र ४ लाख ६५ हजार रुपैया जरिवाना भएका धनपालथान गाउँपालिका- ४ का ५३ बर्षीय सुरेश लोहनीलाई ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई सम्मानित जिल्ला अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार पठाईएको छ ।