अवैध सामान बरामद
२०८०-०८-२४
- A
- A-
- A+
झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ती क्षेत्रहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको बिभिन्न प्रकारको रेडिमेड कपडा, खाद्यन्न, सुर्तिजन्य पदार्थ लगायतका सामानहरु बरामद गरेको हो । बरामद गरिएका करिव ५ लाख ८३ हजार रुपैयाँ बराबरको समान आवश्यक कारवाहीको लागी सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाईएको छ ।