फरार प्रतिवादी पक्राउ
२०८०-०८-२०
- A
- A-
- A+
मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्धाका तीन जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो । फरार प्रतिवादी अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको लागत नम्बर ५०२ ले नगद १५ सय रुपैया जरिवाना भएका फरार प्रतिवादी केराबारी गाउँपालिका- ५ का ललित कुमार राई र बहु विवाह मुद्धामा नगद १० हजार रुपैया र ११ महिना १७ दिन कैद भई फरार रहेका दिपेश थापालाई पक्राउ गरेको हो भने चेक अनादर बिगो मुद्धामा २ बर्ष कैद तोकिएका सुन्दरहरैचा नगरपालिका- १२ का लक्ष्मि पराजुलीलाई ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई सम्मानित मोरङ जिल्ला अदालत उपस्थित गराएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको छ ।